महिला खबर
भक्तपुर । भक्तपुर प्रहरीले बालिका बलात्कार प्रयास गरेको छुट्टाछुट्टै आरोपमा दुईजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले १३ र ११ वर्षका दुई बालिकालाई बलात्कारको प्रयास गर्ने चाँगुनारायण नगरपालिका झौखेलका २२ वर्षीय रमेश सुवाल र नगरकोट नगरपालिकाका ४५ वर्षीय बेलबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।
सामान किन्न गएका झौखेलका सुवालले पसलमा एक्लै देखेपछि १३ वर्षीया बालिकालाई भित्रको कोठामा लगेर बलात्कारको प्रयास गरेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
बालिकाको आमाले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएर सोमवार जिल्ला अदालत भक्तपुरमा पेस गरेको छ ।
त्यसैगरी प्रहरीले नगरकोट नगरपालिकाका ४५ वर्षीय बेलबहादुर तामाङलाई पक्राउ गरेर मुद्दा चलाएको छ
श्रीमतीसँग छुट्टिएर बसेका तामाङले ११ वर्षीया बालिकालाई र १० रुपैयाँ दिएर फकाइ एकान्तमा लगेर बलात्कारको प्रयास गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ
प्रकाशित मितिः २०७२ पुस २७ गते साेमवार
Comment Here!