महिला खबर
चितवन । महिलाको आर्थिक सशक्तिकरणमा जोड दिंदै चितवनमा तीन दिन चलेको महिला उद्यमीहरूको राष्ट्रिय भेला आज सम्पन्न भएको छ ।
भेलाले गाउँ र शहरमा महिला उद्यमशिलताको विकास गर्ने निष्कर्ष निकालेको महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महासंघको १२ औं साधारण सभा तथा राष्ट्रिय भेलाले महिला उद्यमीलाई परेको समस्या र समाधानको उपाए खोज्ने, देशैभरी महिला उद्यमीको सञ्जाल बढाउने , व्यवसायमा महिलाको प्रतिनिधित्व बढाउने र महिलाले उत्पादन गरेकोको सामाग्रीको लागि बजार खोज्न पहल गर्ने निष्कर्ष भेलाले निकालेको छ ।
नेपालका २५ जिल्लाका करिव एक सय महिला चितवनमा भेला भएका थिए । भेलामा जिल्ला जिल्लाबाट आएका महिलाले आआफ्ना कार्यप्रगती बारे जानकारी दिंदै भावी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला शाखा विस्तार, व्यापार आयात निर्यातको अबस्था, ऋण अनुदान र सेवा सुविधाका अबसर, कृषि क्षेत्रको अनुभवन आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । सो क्रममा महासंघले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो ।
महिलालाई उद्यम व्यवसायमा सक्रिय गराई आर्थिक क्षेत्रमा सबल बनाउन भेला आयोजना गरिएको महिला उद्यमी महासंघले जनाएको छ ।
प्रकाशित मिति २०७२ पुस २८ गते मंगलवार
Comment Here!