करिश्मा चौधरी
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्ण बहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिहरूले समान अवसर पाउनुपर्ने बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चार माध्ययममा प्रस्तुत गर्ने आचारसंहिता सम्बन्धि परामर्श गोष्ठीमा बोल्दै उहाँले सामाजिक मुल्य मान्यता अपाङ्गमैत्री बनाउनु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले अपाङ्गमैत्री सञ्चार माध्ययम हुनु पर्नेमा आफू सकारात्मक रहेको बताउनु भयो । उहा“ले सञ्चार माध्ययममा प्रयोग गर्ने शब्द समय सापेक्षित रुपमा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
आफूले बोलेका शब्द गलत भएपनि सहि मान्ने सोचका कारण अपाङ्गता भएका व्यक्तिलाई बोलाउने शब्दमा फरकपना आउन नसकेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अपाङ्गता अधिकार प्रबद्धन शाखाकी उपसचिव हुमकला पाण्डेले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले अपाङ्गता भएका ब्यक्तिहरूलाई सञ्चार माध्ययममा प्रस्तुत गर्ने आचारसंहिता सम्बन्धि तयार पारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा आचारसंहिताको आवश्यकता किन ? अपाङ्गता भएका व्यक्तिहरूसंग सञ्चार गर्दा सञ्चारमाध्यमले आपनाउनु पर्ने तरीकाहरू, उनीहरूसंग अन्तरवार्ता गर्दा अपनाउनुपर्ने तरीका, प्रयोग गर्ने शब्दावली, अपाङ्ग भएका व्यक्तिलाई होच्याउने उखान टुक्काहरू र उनीहरूलाई अपमान हुने ढंगले बोलाउन नहुने शव्दहरूको बारेमा उल्लेख गरीएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत अपाङ्गता भएका व्यक्तिहरू र पत्रकारको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति :२०७२ पुस २८ गते मंगलवार
Comment Here!