‘आफू र बच्चाको स्वास्थ्य प्रति सचेत छु’


प्रकाशित मिति :2016-01-13 12:18:14

खेमा बस्नेत
धनगढी । धनगढी ८ वस्ने २० वर्षीय सम्झना चौधरीले ४ पटक स्वास्थ्य चेकजाँच गराइ सकेकी छिन् । पहिलो सन्तानकी आमा बन्न लागेकी चौधरी गर्भवती अवस्थामा आवश्यक स्वास्थ्य सल्लाह लिन यसपटक पनि स्वास्थ्य संस्थामा पुगेकी थिइन् ।

‘मेरो पहिलो बच्चा हो, पहिलो पटक गर्भवती भएकाले स्वास्थ्य सम्बन्धि ध्यान दिनुपर्ने कुरा थाहा पाउन र आफूमा देखिएका समस्याका बारेमा सल्लाह लिन डाक्टर कहाँ जान्छु’ उनले भनिन् ‘बच्चा जन्मेपछि बिगउती दुध खुवाउनुपर्छ, खोप लगाउनु पर्छ भन्ने पनि थाहा पाएँ ।’

सोही ठाउँकी ज्योती चौधरी पनि पहिलो सन्तानलाई जन्म दिदँै छिन् । १९ वर्षको काचो उमेरमा गर्भवती भएकी उनलाई यस अवधिमा के गर्न हुन्छ, हुँदैन भन्ने बारे अनविज्ञ छिन् । त्यसैले गर्भवती समयमा हुने शारिरीक परिवर्तन र स्वस्थ रहने उपायबारे जानकारी लिन उनी नियमित स्वास्थ संस्था धाउँछिन् ।

‘म र मेरो बच्चाको स्वास्थ्य प्रति म सचेत छु’ ज्योतिले भनिन् ‘त्यसैले चेक स्वास्थ्य जाँच गराउँदा सबै समस्याको परामर्श लिने गर्छु ।’ स्वास्थ्य सुगमता भएका महिला मात्रै नभई दुर्गम वस्ती तथा ग्रामिण महिला पनि स्वास्थ्य सुरक्षामा बढी सजगता अपनाउन थालेका छन् । यस अघिसम्म असुरक्षित रुपमा घरमै बच्चा पाउने महिला सुत्केरी हुन अस्पताल जाने गरेका छन् ।

स्वच्छ बच्चा जन्माउन आमा नै सचेत हुनुपर्ने भएकाले गर्भवती हुँदा स्वास्थ्य जाँच गराउनु आवश्यक हुने धनपा ७ निवासी ज्ञानु चौधरी बताउँछिन् ।

दोस्रो सन्तानकी आमा बन्न लागेकी ज्ञानुले पहिलो पटक गर्भवती हुँदा स्वास्थ्य जाँच नगराउँदा समस्या भएको सुनाउँछिन् ।

यसअघि कहिल्यै स्वास्थ्य समस्याबारे परामर्श नलिएकै कारण पहिलो भर्वधारणको समयमा स्वास्थ्य समस्या राख्न डराएको उनले बताइन् ।
‘पहिलो बच्चा हुँदा चेकजाँच गराउँन लाज लाग्थ्यो’ उनले भनिन् ‘आजकाल सजिलै आफ्ना समस्या भन्छु ।’

गर्भवती समयमा चिकित्सकको ससल्लाह निकै फलदायी हुने भएकाले सबै महिलाले स्वास्थ्य जाँच गर्न जानु पर्ने उनको अनुभव छ । स्वच्छ बच्चा जन्माउनका लागि खानपान, व्यायम गर्नुपर्ने र ४ पटक सम्म चेकजाच गराइ आइरन चक्की,आयोडिन नुनको प्रयोग लगायत खानपानबारे चिकित्सकबाट सल्लाह लिनुपर्ने उनले बताइन् ।

नवजिनव अस्पतालका वरिष्ट प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.जयराम के.सीले गर्भवती महिलाले खानपान र नियमित रुपमा चेकजाँच गराउन नितान्त आवश्यक रहेको बताए । गर्भवती महिला बच्चा जन्माउन कत्तिको स्वस्थ छिन् ? भन्ने कुराको जानकारी लिन पनि स्वाथ्य परिक्षण आवश्यक रहेको डा.के.सीको भनाइ छ ।
‘गर्भवती भएको बेला देखिने समस्या सामाधान बारे जानकारी लिन, पेटमा भएको बच्चा जन्मदिन उपयुक्त छ की छैन भन्ने कुराको जानकारी लिन समेत गर्भवतीले स्वास्थ्य जाँच आवश्यक छ’ डा. केसीले भने ।

प्रकाशित मिति : २०७२ पुस २९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: