१३ जना आन्दोलनकारी जेष्ठ नागरिकको मृत्यु


तीन वर्षेदेखि धर्ना जारी

प्रकाशित मिति :2016-01-13 16:05:36

jestha_kabita 2
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर संसद भवन नजिकै पाँचबुँदे माग राख्दै जेष्ठ नागरिकहरू धर्नामा बस्दै आएको तीन वर्ष पुगेर चार लाग्यो । यो अवधिमा आन्दोलनमा सहभागित भएका १३ जना जेष्ठ नागरिकको मृत्यु भई सक्यो तर, सरकारले उनीहरूका माग अहिलेसम्म सुनेको छैन ।
शान्तिपूर्ण ढंगले धर्नामा बसेका उनीहरूलाई हटाउन राज्यले बेलाबेला बलप्रयोग गर्यो तर, मैदान छोडेका छैनन् । आन्दोलन शान्तिपूर्ण भएकाले राज्यले जेष्ठ नागरिकका माग नसुनेको उनीहरूको ठहर छ ।

तीन वर्षदेखि निरन्तर धर्नामा बस्दै आएका उनीहरूका माग राज्यले पूरा गर्न नसक्ने खालका भने छैनन् ।
उनीहरूको माग भनेका जेष्ठ नागरिकहरूलाई सरकारी अस्पत्तालमा निशुल्क उपचार, नीजिमा ५० प्रतिशत छुट्को व्यवस्था, सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार हुनुपर्ने र सबै सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट्को व्यवस्था हुनु पर्ने मात्र हो ।
आन्दोलनमा सहभागि भएका तर काल गतिले मरेका ती १३ जना जेष्ठ नागरिकलाई सहिद घोषण गर्ने माग पनि उनीहरूले राखेका छन् ।

अग्रज समाज नेपालको नामबाट उनीहरू अहिले आन्दोलन गरिरहेका छन् ।
हरेक विहान १० देखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरको संसद भवन नजिकै पाल टाँगेर बस्दै आएका आन्दोलनकारी जेष्ठ नागरिक ६० देखि ८० वर्षसम्मका छन् ।
सरकारले उनीहरूको माग नसुनेपछि अहिले उनीहरू ‘ऊ बेला ६० पुग्दा गोली हान्छन् भन्थ्ये, कति गरौं ओहोर दोहोर, बरु गोली ठोक मारिदेऊ, कि गरिदेऊ हाम्रो माग पूरा’ भन्दै गीतको माध्यमबाट पीडा पोख्न थालेका छन् ।
यसैबीच आज जेष्ठ नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन धर्नास्थल पुगेकी महिला बालबालिका तथा जेष्ठ नागरिक समितिका सभापति रञ्जु झाले माग पूरा गराउन आफू मातहतको समितिहरूलाई निर्देशन दिने प्रतिवद्धता जनाएकी छिन् । उनले माग पूरा गर्ने ठाउँमा आफू नभएपनि निर्देशन दिने ठाउँमा भएको बताइन ।
पुसको यो चिसोमा पनि हरेक दिन थोरैमा ६० र धेरैमा २ सय जना जेष्ठ नागरिक धर्नामा बस्दै आएका छन् । आन्दोलनमा ललितपुर, भक्तपुर र काठमाडौंका जेष्ठ नागरिकहरू सहभागि हुँदै आएका छन् ।
प्रकाशित मिति २०७२ पुस २९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: