महिला खबर
सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले किशोरीलाई बन्धक बनाएर जवर्जस्ती यौन व्यावसायमा लगाएको अभियोगमा इटहरी उपमहानगरपालिको नयाँ बसपार्कस्थित न्यू बसपार्क होटली सञ्चालक आरती रायमाथि मानव बेचविखन गरेको मुद्दा लगाएको छ ।
होटलको कोठा नम्बर २ बाट प्रहरीले युवती र इटहरी १७ बस्ने ५० वर्षीय ओमवहादुर बस्नेतलाई गत साता पक्राउ गरेपछि प्रहरीले राय र बस्नेत विरुद्ध मानव बेचविखनको मुद्दा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार होटल सञ्चालक रायले किशोरीलाई बन्धक बनाएर पुरुष ग्राहक बोलाई जवर्जस्ती यौन गतिविधिमा संलग्न गराउने गरेकी थिइन् ।
प्रकाशित मिति २०७२ पुस ३० गते बिहीवार
Comment Here!