महिला खबर
सुनसरी । बालिका बलात्कार गरेको आरोपमा बुधबार पाँचथरको सदरमुकाम फिदिम ३ बस्ने २२ वर्षीय सुवास मगरलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमवार जिल्लाको सिदिनबाट फिदिमबाट आफन्तकोमा आएकी १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
बालिका र उनका अभिभावकले दिएको उजुरीको आधारमा मगरलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको प्रहरीले जानकारी दिएको छ ।
बालिकाले दिएको घट्ना विवरण अनुसार पारिवारिक कामले आफन्त भेट्न गएको बेला बाटोमा मोटरसाइकलमा भेटिएका मगरले गन्तव्यमा पुर्याइदिन्छु भनेर मोटरसाइकलमा चढाएका थिए । तर नजिकैको खोल्सीको बाटोमा पुगेपछि बाइक रोकेर ‘तिमिलाई देख्नासाथ मन परेकाले तिमिसंग विवाह गर्छु भन्ने प्रस्ताव राखेको तर नमानेपछि बलात्कार गरेको उजुरी दिएकी छिन् ।
मगरबाट फुत्किन अनेक प्रयास गर्दा पनि आफ्नो प्रयास असफल भएको र एकान्त भएकाले कराउँदा समेत कसैले नसुनेको अवस्थामा आफु बलात्कृत भएको उनले बताएकी छिन् । उनले आफ्नो जीवन वर्वाद बनाउनेलाई हदैसम्मको कानूनी सजाय दिन पनि माग गरेकी छिन् ।
प्रकाशित मिति २०७२ पुस ३० गते बिहीवार
Comment Here!