३५ वर्षपछि न्याय


प्रकाशित मिति :2016-01-14 12:50:18

महिला खबर

पोखरा । लामो समयदेखि गुरुङ समुदायको धार्मिक संस्कारबाट बञ्चित गराइएकी पर्वत पाखापानीकी डिलमाया गुरुङले ३५ वर्षपछि न्याय पाएकी छिन् । पर्वत पाखापानी ८ लाम्तुनकी डिलमाया गुरुङलाई सोही ठाउँ निवासी नाताले घरतर्फ मामाससुरा र माइततर्फ काका पर्ने व्यक्ति जोजेन्द्र गुरुङले विभिन्न बहानामा धार्मिक संस्कारबाट बञ्चित गराउँदै आएका थिए ।

dilmaya pic (1)डिलमायाका बाबुले आफ्ना दुई छोराको निधनपछि केही सम्पत्ति डिलमायाको नाममा बकस गरिदिएपछि रुष्ट हुँदै आएका जोजेन्द्रले डिलमायालाई विभिन्न अपशब्द प्रयोग गरी अपमानित गर्दै आएका थिए ।

गुरुङ समुदायका अगुवा समेत रहेका जोजेन्द्रले ७३ वर्षीया एकल महिलाको भावनमाथि प्रहार गर्दै विभिन्न आरोप लगाई मानसिक यातना दिदैँ आएका थिए ।

जोजेन्द्रले गुरुङ समुदायमा मर्दापर्दा लगिने कोसेली स्विकार नगरेको, टीका नफुकाइदिएको र अन्य धेरै संस्कारी कार्यबाट बञ्चित गराउँदै सबैका अगाडि अपमानित गर्दै आएको डिलमायाले बताएकी छिन् । वर्षौदेखि आफ्ना पुर्खाले मानिआएको धार्मिक संस्कारबाट बञ्चित गराउँदा आफू मानसिक रुपमा विक्षिप्त बनेको उनले बताइन् ।

पीडित दिलमाया

आफूमाथिको अन्यायलाई सहन नसकि छोरी कल्पना र छोरा राजेश गुरुङ न्यायका लागि समाज घरहरूमा पुगेका थिए । पैसा र शक्तिको आडमा सबैलाई प्रभाव पार्ने सक्ने जोजेन्द्रले प्रशासनलाई समेत ठाडै चुनौती दिँदै अन्यायपूर्ण व्यवहार दोहोर्‍याउन छोडेनन् ।

पीडित पक्षले राष्ट्रिय महिला आयोग , जिल्ला प्रशासन कार्यालय, समाज घर एवं विभिन्न निकायमा न्यायका लागि आग्रह गरेका थिए । उनीहरूको आग्रह अनुसार यहि पुस २८ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मीको रोहबरमा गुरुङ समाजका अगुवा व्यक्तिहरूको वृहत छलफल पछि जोजेन्द्र आफ्नो गल्ती स्विकारे ।

आफूबाट अन्याय भएको भन्दै अब आइन्दा कुनै पनि संस्कारबाट बञ्चित नगराउने र अपमान नगर्ने भन्दै टिका लगाएर लिखित रुपमा माफी मागेका छन् ।

jojendra

टिका लगाउन सहमत भएपनि जोजेन्द्रले ३५ वर्ष अगाडि भान्जालाई दान गरेको जग्गा दिन भने मानेनन् ।  उक्त जमीनमा डिलमाया परिवारले लाखाैं खर्चेर बनाएकाे दुई तले घर छ । जोजेन्द्रले  सोही जग्गामा निर्मित दुई तले घर भएकाे जमिन डिलमायालाई दिन नमानेपछि पीडित पक्षले सो घर पनि जोजेन्द्रलाई नै दिएको छ ।

‘धन सम्पत्ति भन्दा ठूलो मेरो लागि रीति रिवाज र मैले मान्दै आएको गुुरुङ संस्कार हो त्यसैले मैले घर नै उसलाई दिन तयार भए तर, संस्कार छोड्न तयार भइन् ।’ पहिलो पल्ट जोजेन्द्रले गल्ती स्विकार गरेर

टिका फुकाएपछि डिलमायाले आँखाभरी खुशीका आँशु पार्दै भनिन् ‘आज खुशीले निन्द्रा लाग्ने छैन, यो मेरो जित होइन गुरुङ समुदायको संस्कारको जित हो । सांस्कृतिक अधिकारको लडाइमा आज हामीले जित्यौं ।’

छोरी कल्पना गुरुङ पनि लामो समयको संघर्षपछि प्राप्त न्यायले आत्मसन्तुष्टि मिलेको बताइन् ।

‘गुरुङ समुदाय कि छोरी हुँ म, आफ्नो रीति रिवाज,परम्परा र संस्कारबाट बञ्चित भएर कसरी रमाउन सक्छु , धन सम्पत्तिको मात्रै कुरा रहेन, यहाँ आफ्नो जाति र समुदायबाटै अलग गराएर अपमान गरियो तसर्थ अन्यायविरुद्ध लड्न थाकेनौं अन्ततः आज खुशी मिलेको छ’ गुरुङले भनिन् ।                                                                                                                                                                                                               पीडक जाेजेन्द्र    

प्रकाशित मिति २०७२ पुस ३० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: