अन्धविश्वासले गुम्यो सुत्केरीको ज्यान


प्रकाशित मिति :2016-01-14 15:49:16

भिम सिजापति  
दैलेख। दैलेखको नारायण नगरपालिका भैँसेखोरकी डेढ महिनाकी सुत्केरी महिलाको ज्यान गएको छ । सुत्केरी अवस्थामा आवश्यक स्याहार सुसार नपाएर थला परेकी भैँसेखोरकी १७ वर्षीया चन्द्रा सुनारको ज्यान गएको हो । उनी सुत्केरी भएको डेढ महिनामात्र पुगेको थियो । चन्द्राले सुत्केरी अवस्थामा न्यानो कपडा र पोषिलो खानेकुरा नपाएर थला परेको वेला अस्पताल नलगी परिवारले भुतप्रेत लागेको भन्दै धामी झांक्रीलाई देखाउनुको कारण नै चन्द्राले अकालमा ज्यान गुमाएको माईतीले आरोप लगाएका छन् ।

चिसो मौसममा सुत्केरीको झन वढी स्याहारसुसार गर्नुपर्ने भएपनि परिवारको अन्धविश्वास नै मृत्युको कारण भएको आफन्तको भनाई रहेको छ । उमेर नपुग्दै वच्चा जन्माउदा शारीरीक रुपमा कमजोर भएकी चन्द्रा सुत्केरी भएको वेला पनि उपयुक्त स्याहारसुसार नपाउदा थला परेकी थिईन् ।

वच्चा जन्माउदा शारीरिक रुपमा कमजोर भएको अवस्थामा उनलाई स्वास्थ्य संस्थामा लैजानुको साटो परिवारको सल्लाहमा श्रीमान लालु सुनारले भुतप्रेत लागेको भन्दै चन्द्रालाई केही दिन धामी झांक्रीलाई देखाएर समय खर्चेको छिमेकीले वताएका छन् । धामीझांक्रीसँग देखाउँदा पनि निको हुने छाँट नदेखेपछि थला परेकी सुत्केरी श्रीमतीलाई घरमै छाडेर श्रीमान लालु विदेशतिर हिँडेका थिए ।

छोरीले सुत्केरी हुँदा स्याहार नपाएर दिनदिनै थला पर्दै गएको थाहा पाएपछि चन्द्राकी आमाले उनलाई माईत ल्याएकी थिईन् । सामाजिक अन्धविश्वासका कारण चन्द्रा झन्झन् शारीरिक रुपमा कमजोर हुनथालेपछि माईतीले ऋण काढेर उपचारका लागि उनलाई नेपालगंजसम्म पुर्याएका थिए । तीनदिनसम्म नेपालगंजको निजी अस्पतालमा थुप्रै पैसा खर्च गर्दा पनि अन्तत उपचारको क्रममा चन्द्राको सोमवार विहान मृत्यु भयो ।

उपचारमा संलग्न डाक्टरहरुले चिसोले गर्दा चन्द्राको फोक्सोमा पानी जमेकोले उपचारमा कठिनाई भएको वताएका थिए । ‘छोरीलाई माईत ल्याउने वेलामा नै आशा मारिसकेकी थिएँ, चन्द्राकी आमाले रुँदै भनिन्, ‘परिवारले राम्रो ख्याल गरीदिएको भए छोरी वाँच्ने थिई । सुत्केरी छोरीले स्याहार नपाएर थला परेको थाहा पाएर लिन जाँदा चन्द्राको परिवारले डेढ महिनाको नातीलाई घरमै राखी छोरीलाई मात्र आफुसँग पठाईदिएको

आमाले दुखेसो पोखिन् । मृतक चन्द्राको मंगलवार माईतीले लोहोरे खोलामा अन्त्येष्टि गरेका छन् । वहिनीको अन्त्येष्टिमा घरपरिवारलाई डेढ महिनाको शिशुलाई लिएर आउन खवर गरेपनि कोही पनि नआएको चन्द्राका दाजु सुदीपले गुनासो गरेका छन् ।

प्रकाशित मितिः २०७२ पुस ३० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: