महिला खबर
धनगढी । राष्ट्रपति विद्या भण्डारीले सांस्कृतिक विविधता र धार्मिक सम्पदाले नेपाल समृद्ध रहेको बताउनु भएको छ ।
कैलालीको गोदावरीमा आज सहस्र महाकुम्भ मेलाको उद्घाटन गर्दै उहाँले धार्मिक, सांस्कृतिक सम्पदाको विकासबाट देशको विकास गर्न सकिन औंल्याउनुभयो ।
धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सांस्कृतिक, सामाजिक सद्भाव र एकताले नै मुलुकको विकास हुने बताउनुभयो । कैलालीको गोदावरी क्षेत्र महत्वपूर्ण तपोभूमि रहेको उल्लेख गर्दै उहाँले धार्मिक, सांस्कृतिक मेला महोत्सवले आपसी सद्भाव, भातृत्व कायम हुनुका साथै कला, संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्राकृतिक एवं धार्मिक, सांस्कृतिक सम्पदाको पर्यटकिय विकास गर्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सभासद , बभिन्नि दलका नेता, समाजसेवीलगायतको सहभागिता छ । गोदावरीमा कुम्भमेला माघेसंक्रान्तीदेखि एक महिना लाग्छ ।
प्रकाशित मितिः २०७२ माघ १ गते शुक्रवार
Comment Here!