महिला खबर
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण, लैङि्गकमैत्री हुनुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा विमला राई पौडेलले बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले काठमाडाैंमा अायाेजना गरेको भूकम्प पछिको पुनर्निर्माण सम्बन्धमा संवाद कार्यक्रममा उहाँले संरचना बनाउँदा अपाङ्गता र लैङिगकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
पुनर्निर्माणसम्बन्धी सुविधाका लागि आधारको रुपमा रहेको भूकम्पपीडित परिवारको परिचयपत्रमा देखिएको व्यावहारिक समस्या समाधान गरी प्रभावकारीरुपमा वितरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नियोकका अध्यक्ष तथा पूर्व निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भवन बनाउँदा प्राविधिक पक्षलाई सामाजिक पक्षसँग मेल खाने गरी ध्यान दिन जरुरी भएको बताउँदै व्यावहारिक लैङ्गिक आवश्यकता, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएको व्यक्तिका लागि सहज हुने गरी पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो ।
नियोकले सूचना प्रवाहलाई व्यवस्थित बनाउनलाई पुनर्निर्माणका सम्पूर्ण प्रक्रिया तथा चरणबारे जनतालाई सुसूचित गर्ने आवश्यक संयन्त्र यथाशीघ्र निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
प्रकाशित मितिः २०७२ माघ १ गते शुक्रवार
Comment Here!