नागरिकताको समस्या समाधान गर्न तत्काल निर्देशन दिन्छु : गृहमन्त्री


प्रकाशित मिति :2016-01-15 16:38:31

महिला खबर 

ललितपुर । गृहमन्त्री शक्ति वहादुर बस्नेतले संक्रमणकालिन व्यवस्थालाई आकर्षित गरेर आमाको नामबाट नागरिकता नपाएका सन्तानलाई तत्काल नागरिकता दिन निर्देशन दिने वचन दिनुभएको छ ।

उहाँले संविधान जारी भएको तीन वर्षभित्र कानुन बनाइ कार्यान्वयन गर्ने सीमा तोकिएको भएपनि नागरिकता पाउने कुरा तीन वर्ष कुर्न नसकिने हुँदा आमाको नामबाट नागरिकता दिने विषयलाई प्राथमिकतामा राखेर गृहमन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

सञ्चारिका समूह र महिला विकास र कानुन मञ्जले आज ललितपुरमा गरेको ‘नयाँ संविधानमा नागरिकताको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री बस्नेतले कानुनमा होइन, कानुन कार्यान्वयमा पुरानो सोच र संस्कारले काममा अप्ठ्यारो पारेकाले नागारिकहरू नागरिकताविहिन हुनु परेको विचार व्यक्त गर्नुभयो ।

IMG_4381

‘आमाको नामबाट नागरिकता दिनका लागि मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरीसकेको छ, तर यहाँ नागरिकता नपाएका र सन्तानलाई दिन नसकेहरूको कुरा सुन्दा काम भएको रहेनछ,म फेरि समस्या समाधानको लागि मन्त्रालयबाट परिपत्र जारी गर्न आदेश दिन्छु’ मन्त्री बस्नेतले भन्नुभयो

उहाँले नागरिकतालगायत कतिपय विषय कानुन बन्ने बेलासम्म ३ वर्ष हैन ३ महिना पनि पर्खन नसक्ने भएकाले यस्ता विषयलाई सुचिकृत गरेर प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभायो । यसका लागि मन्त्रालयले ५० भन्दा बढी विधयेक बनाउने र कतिपय कानुन संशोधन गर्ने गृहकार्य गरिरहेको जानकारी मन्त्री बस्नेतले दिनुभयो । संविधानसँग बाझिएका कानुन स्वत खारेज हुने भएकाले यसमा कुनै विवादै नभएको उहाँको भनाइ थियो ।

अन्तरक्रियामा बोल्दै सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले संविधानमा व्यवस्था भएको अधिकार अनुसार कानुन बन्न ढिलो हुँदा महिलाले आफ्नो नामबाट छोराछोरीलाई नागरिकता दिनबाट बञ्चित भएको बताउनु भयो ।

शर्माले नागरिकता नपाएर समस्या झेलेकाहरूको समस्या समाधानका लागि तत्कालै पहल गर्न गृहमन्त्री शक्ति बस्नेतसँग आग्रह गर्नुभयो । कार्यक्रममा अधिवक्ता तथा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले ‘नयाँ संविधानमा नागरिकताको अधिकार र व्यवहारमा यसको प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

IMG_4404

कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले नागरिकताका सवालमा वर्तमान कानुन प्रगतिशील भएपनि कानुन र संविधान र कानुन बाझिएकाले अझैपनि आमाका नाममा नागरिकता लिन निकै समस्या भइरहेको आैंल्याउनुभयो । संविधान प्रगतिशील भएपनि कार्यान्वयन नहुँदा व्यवहारमा धेरै समस्या देखिएको उहाँको भनाइ थियो । कार्यक्रममा बाबुले सानैमा छोडेर गएका र आमाले हुर्काएपछि आमाकै नामबाट नागरिकता नपाएहरू पनि सहभागी थिए ।

उनीहरूले लामाे समयदेखि संर्घष गर्दा समेत  अामाकाे नामबाट नागिरकता लिन र अाफ्नाे सन्तानलाई नागरिकता दिन  नपाएको दुखेसाे  । काठमाडौंकी शिवानी खरेलले भन्नुभयाे ‘मैले ५ वर्षअघि अामा नामबाट नागरिकता पाउँ भनेर निवेदन दिएँ, तर अहिलेसम्म  नागरिकता पाएकी छैन् ।’ शिवानीले नागिरकता कै लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको ३ वर्ष भयो । नागरिकता नपाउँदा पढ्न, जागिर गर्न र नागरिकले पाउनु पर्ने समान्य सुविधाबाट समेत आफू बञ्चित हुन परेको बताउनुभयाे ।

कार्यक्रममा छोरालाई नागरिकता दिन नपाएका कारण पाँच वर्षदेखि समस्या झेलिरहेकी विनिता चौलागाईको कुरा सुन्दा कार्यक्रममा उपस्थित धेरैका आँखा रसाएका थिए ।

उहाँले आफ्नो छोरालाई नागरिकता दिलाउन नसक्दा छोरा शिक्षालयायत सवै अवसरबाट बञ्चित भएको सुनाउनु भएको थियो । आमा र बुबा दुबै नेपाली नागरिक हुँदा पनि मेरो सन्तानलाई मैले किन नागरिकता दिन नपाउने ? भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभएको थियो । श्रीमानले छोरालाई नागरिकता बनाइदिन्छ कि भन्ने आशामा लामो समय छोडपत्र नगरी बसेकी उहाँले छोराले नै छोडपत्र गर्नु भनेपछि श्रीमानसँग सम्बन्ध विच्छेद गरेको सुनाउनुभयो ।

अहिले पनि महिला कानुन र विकास मञ्चबाट मात्र आमाको नामबाट नागरिकता नपाएका २० जनाको मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेको  जानकारी सुष्मा गौतमले  दिनुभयो ।

प्रकाशित मितिः २०७२ माघ १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: