महिला खबर
महाेत्तरी । महोत्तरीको जलेश्वरमा २३ दिनअघि ग्यास चुहेर पुरै जलेकी ३५ वर्षीया दिब्यादेवी पूर्वेको उपचारको क्रममा आज मृत्यु भएको छ । जलेश्वर नगरपालिकाकी पुर्वेको गत पुस १० गते खाजा पकाइरहेको बेला ग्यास चुहेर शरीरको ७० प्रतिशत भाग जलेको थियाे ।
दिब्याको भारतको पटना अस्पतालमा उनको आज बिहान मृत्यु भएको पति सञ्जय साहले बताए ।
आगलगीमा परी ४० वर्षीय सञ्जय साह र जलेश्वर–१४ बस्ने १६ वर्षीय कुन्दन चौधरी पनि घाइते भएका थिए । उनीहरू उपचारपछि घर फर्किसकेका छन् ।
प्रकाशित मितिः २०७२ माघ ३ गते अाईतवार
Comment Here!