घरेलु हिंसाको कसुरमा परिवारै जेल


प्रकाशित मिति :2016-01-17 14:45:39

रुपा गहतराज
नेपालगन्ज। बाँके जिल्ला अदालतले घरेलु हिंसा सम्बन्धि मुद्दामा हिंसा गर्ने पति सासु र ससुरा सहित ६ जनालाई जरिवानासहित कैद सजाय फैसला गरेको छ।  अदालतले कैद र जरिवानासहित पीडितको भरणपोषणका लागि मासिक ४ हजार रुपैयाँ खर्च  र क्षतिपूर्ति वापत २५ हजार रुपैयाँसहित एकमहिना कैद फैसला गरेको हो।

बाँके उदयपुर गाविस वडा नं.१ वस्ने अनिल कुमार पाठकसँग २० वर्षीया पुजा मिश्राको २०६९ सालमा विवाह भएको थियो। पुजाका पति अनिल, ससुरा गोकुलानन्द, सासु केतकी, जेठाजु कमलाकान्त, जेठानी गीता र जेठाजुको छोरा रोहित पाठक सहित ६ जनाले पुजामाथि हिंसा गरेको ठहर गर्दै अदालतले सो फैसला सुनाएको अधिवक्ता लोक बहादुर शाहले बताउनुभयो।

दाईजो कम ल्याएकोलगायत अन्य विषयमा श्रीमान र परिवारका सदस्यले पटक पटक कुटपिट गरि शारीरिक र मानसिक यातना दिएको भन्दै पूजाले गत ८ गते महिला तथा बालबालिका कार्यालय १९ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्। यो उजुरीपछि प्रहरीले उनीहरूबीच मेलमिलाप गराएको थियो।

जेठ ३० गते माइतबाट फर्केपछि पुनः विवाद गर्दै पूजालाई परिवारले घरबाट निकालिदिएका थिए। त्यसपछि उनले न्याय खोज्न थालेकी हुन्।
अनिल पाठक सहित घरपरिवार अन्य सदस्यले आफूमाथि घरेलु हिंसा गरेको भन्दै पूजाले घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ बमोजिम सजाय गरी उचित क्षतिपूर्तिको मागसहित गत असारमा बाँके जिल्ला अदालत मुद्दा दायर गरेकी थिइन्।

सो मुद्दामा सुनुवाई गर्दै बाँके जिल्ला अदालतले २०७२ साउन १० गते अन्तरिम संरक्षणात्मक आदेश गरेको थियो। उक्त आदेशपछि पीडक पक्षले पुनरावेदन अदालत नेपालगन्जमा मुलुकी ऐन अदालती बन्दोबस्तको १७ बमोजिम आदेश बदर गर्न निवेदन दर्ता गरेको अधिवक्ता शाहले जानकारी दिनुभयो।

अन्तिम आदेश बमोजिम भरणपोषणको रकम अदालतमा दाखिला गर्न ल्याउनु भनी पटक–पटक अदालतले प्रतिवादीलाई तारेख तोकपनि प्रतिवादीले कुनै पनि रकम अदालतमा दाखिला गरेका थिएनन्। अदालतको आदेशको पालना नगरेपछि उनीहरूलाई सजायको माग गर्दै पूजाले कात्तिकमा पुनः अदालतको अपहेलना र आदेशको अवज्ञा गरेको भन्दै निवेदन दिएकी हुन्।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद कोईरालाको एकल इजलाशले गरेको फैसला बमोजिम पीडकहरूलाई जनही ३ हजार रुपैयाँ जरिवाना, पीडितलाई मासिक रुपमा ४ हजार रुपैयाँ भरणपोषण र २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो।

अदालतको अपहेलना गरेको र आदेश नमानेको भन्दै अदालतले थप जनही १ हजार रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय समेत सुनाएको छ ।

प्रकाशित मितिः २०७२ माघ ३ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: