रोजगारीमा जानु पूर्व जान्नै पर्ने कुरा


प्रकाशित मिति :2016-01-17 14:47:39

महिला खबर

काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नहुँदा हरेक वर्ष पाँच लाख नेपाली युवाहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकमा पुग्ने गरेको तथ्यांकले देखाएको छ । नेपाली कामदारको लागि खाडी मुलुकहरू मुख्य गन्तव्यको रुपमा स्थापित भएका छन् ।

वैदेशिक रोजगारीका लागि गएका नेपाली कामदारहरूले आफू जाने देशका बारेमा सामान्य जानकारी र सूचनाको अभावले विभिन्न दुःख झेल्नुका साथै जेल जाने, समयमा तलव नपाउने, महिला कामदार बलात्कारमा पर्ने र ट्राफिक नियम तथा सडकहरूमा गाडीको गति थाहा नहुँदा सडक दुर्घटनामा परेर धेरैले अकालमा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा जानु पूर्व, जाने प्रक्रिया के हो ? कसरी जाँदा सुरक्षित भइन्छ ? समस्या पर्दा कहाँ सम्पर्क गर्ने ? कुन काममा जाने हो , त्यो अनुसारको सीप आफूसँग छ, छैन ? छैन, भने कसरी सिक्ने ? जुन देशमा जाने हो त्यो देशको कानुन, धर्म संस्कृति र स्वीकृति लिई रोजगारीमा जाँदा कामदार वा हकवालाले पाउने सुविधानका बारेमा पर्याप्त जानकारी नहुँदा नेपाली कामदारहरू त्यसमा पनि महिलाले धेरै समस्या झेल्नु परेको छ । खासगरी खाडी मुलुकमा पुगेका नेपाली कामदारहरूले धेरै समस्या झेल्ने गरेका छन् ।

DSC_0463 (2)

यी सबै समस्यालाई कम गर्न एनआरएन र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा पहिलो पटक श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले काठमाडौंको ताहचलमा श्रम ग्राम स्थापना गरि विदेश जाने नेपाली कामदारहरूलाई वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।

यस केन्द्रबाट वैदेशिक रोजगारीमा जाने प्रक्रिया, विदेश जानु पूर्व गर्नुपर्ने सीपमुलक तालिम र यसको महत्व, मानसिक, आर्थिक सामाजिक एवं ट्राफिक नियम, धर्म संस्कृति, कानुन र जाने देशमा प्रयोग हुने केही महत्वपूर्ण शव्दहरू लेखिएको पर्चा र समस्या परेको बेला सहयोगको लागि सम्पर्क गर्ने संस्था, व्यक्तिको फोन नम्बर र ठाउँका बारेमा जानकारी उल्लेख गरिएको डायरी समेत विदेश जान लागेका कामदारहरूलाई दिने गरेको केन्द्रका अधिकृत राजु खड्काको भनाइ छ । यस्तै विमानस्थल र सोको प्रयोग गर्ने तरिकाको बारेमा पनि भिडियो नै देखाइ सिकाउने गरेको खड्काले बताउनुभयो ।

एनआरएन र आईएलओको सहयोगमा खोलिएको सूचना केन्द्र तथा परामर्श सेवाले वैदेशिक रोजगारीमा पहिलो पटक जाने र दोहो¥याएर जान लागेका समेतलाई निकै उपयोगी भएको सेवाग्रहीको भनाइ छ ।

करिव तीन महिनाको अवधिमा यस केन्द्रबाट ८ सय १७ जना वैदेशिक रोजगारीमा जान लागेका महिला पुरुषले सेवा लिएको विभागका सूचना सहायक जय प्रकाश दासले जानकारी दिनुभयो । सेवा लिनेमा ३१४ जना महिला रहेका छन् ।
यहाँबाट मलेसिया, कतार, संयुक्त अरब ईमिरेट्स र साउदी अरेविया जाने कामदारका लागि सहयोग पुग्ने हाते डायरी, ती देशका बारेमा लेखिएको पर्चा जानकारी लिन आउनेलाई केन्द्रबाट दिने गरिएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तयार पारेको वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने आठ वटा र स्वीकृति लिई वैदेशिक रोजगारमा जाँदा कामदार वा हकवालाले पाउने सात वटा सुविधाको बारेमा पनि केन्द्रले जानकारी गराउने गरेको छ ।

बोर्डले विदेशमा राख्नै नहुने कुराहरू, लागुपदार्थ, लागुपर्दाथको ओसारपसार, यौन दुव्र्यवहार, राजनीतिक गतिविधि, अङ्ग प्रदर्शन र धार्मिक क्षेत्रमा हस्तक्षेपलगायतका कुरामा विशेष जोड दिएको छ ।
सेवा केन्द्रबाट दिनमा ५ देखि ५० जनासम्मले निःशुल्क रुपमा सूचना र परामर्श लिने गरेको अधिवक्ता तथा सुचना केन्द्रका कानुन अधिकृत राजु खड्काले बताउनुभयो ।

सूचना केन्द्रमा भेटिएका धेरै किशोर किशोरीहरूले विदेश जाँदा त्यहाँको बारेमा सामान्य जानकारी समेत नहुँदा धेरै दुःख पाएको सुनाए । सूचना केन्द्रममा परामर्श लिन आएका बाँकेका केशव ओलीले भने ‘म दोस्रो पटक मलेसिया जाँदैछु, कम्पनि परिवर्तन गर्दा पुरानो श्रम र जीवन विमा गराउनुपर्छ भन्ने कुरा यहाँ आएर थाहा पाएँ ।’

DSC_0501 (1)

उनले अगाडि थपे ‘श्रमको लागि लाइनमा बस्यो, नेपालका कर्मचारीहरूले कागज पुगेन मात्र भन्छन्, सानो कुरामा धेरै दुःख देशमै पाइन्छ विदेशको कुरा के गर्नु ?’ उनले भने ‘पहिलो पटक विदेश जाँदा सरकारबाट यस्तो सुविधा पाएको भए केही सहयोग त हुने थियो ।’ ‘आफू ड्यूटिबाट होस्टेल र्फकँदा मेरै आँखा अगाडि बाटो काट्दै गरको नेपालीले ज्यान गुमाए ।’

पहिलो पटक कतार जान आएकी कपिलबस्तुकी कविता के.सीले केन्द्रका सूचना सहायक दुर्गा पोख्रेलसँग सोध्दै थिइन् ‘जीवन बिमा र श्रम कति वर्षसम्म गर्नुपर्छ ?’

सूचना सहायक पोख्रेलका अनुसार सोधपुछका लागि आउँने मध्ये दोहो¥याएर विदेश जाने कामदारको संंख्या धेरै रहेको छ ।
पहिला यस्तो व्यवस्था नहुँदा र विदेश जानेले दलाल मार्फत श्रम र जीवन बिमा गराउँदा धेरै ठगिएका घटना छन् । सूचना सहायक दास भन्नुहन्छ ‘सामान्य जानकारी नहुँदा विदेश जाने नेपाली कामदारलाई श्रम गर्ने भन्दै २० हजारदेखि ५० हजारसम्म ठगि परेको पीडित मैले भेटेको छु ।’

सामान्य कुरा जानकारी नपाएर २ हजार तिर्ने ठाउँमा दलालको फन्दामा पर्दा ५० हजारसम्म तिर्न बाध्य युवालाई सूचना केन्द्रले ठगिनबाट जोगाएको दासले बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘केन्द्रबाट दिएको सामान्य जनकारीले आफैँ काम गर्न सकिन्छ, दलालको हातमा पर्नु पर्दैन ।’ सूचना केन्द्रले सिकाएको तरिकाले काम गर्दा सजिलो भएको भन्दै सेवाग्राहीले पटक पटक धन्यवाद दिने गरेको सूचना सहायकले सुनाए ।

मलेसिया जानको लागि श्रम गराउन आएका सिन्धुलीका विमला राईले सूचना केन्द्रमा आउनु पूर्व थाहा नपाएका कुरा धेरै थाहा पाएको बताइन् उनले भनिन् ‘म्यानपावर कम्पनिमा त पैसा दिएपछि सबै गरिदिन्छन् । अभिमुखिकरण तालिम लिएपनि हुन्छ नलिएपछि हुन्छ भन्छन् । तालिम लिएकै छैन्, तर प्रमाणपत्र बनेको छ ।’

सूचना केन्द्रमा दोस्रो पटक विदेश जानका लागि सेवा लिन आउनेहरूको संख्या बढी भएको अधिकृत खड्काले बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने नेपाली कामदारका लागि सूचना तथा परामर्श केन्द्र बाट ठूलो सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार २०५१ सालदेखि अहिलेसम्म ४१ लाख ५५ हजार ७ सय २१ जना युवा युवती वैदेशिक रोजगारीको लागि गएका छन् ।

प्रकाशित मिति २०७२ माघ ३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: