महिला खबर
पोखरा । स्वास्थ्य, शिक्षा र समाजसेवामा आफ्नो सक्रियता देखाउँदै आएको मानव मिलन नारी जागरण नेपालले भूकम्प प्रभावित बस्तीमा न्यानो लुगा वितरण गरेको छ। अत्यधिक जाडोले भूकम्प पीडितको जनजीवन कष्टकर बनिरहेको भन्ने समाचार विभिन्न संचार माध्यममा आएपछि गोर्खा जिल्लाको ताकुकोट गाविस बराम बस्तीमा उनीहरूले भूकम्प प्रभावित करिब १ सय ९० घर परिवारलाई २ सय ७६ थान कम्बल, ५० थान टोपी र ५० थान मोजा वितरण गरेका छन्।
सदरमुकामबाट साढे ३ घण्टाको जीप यात्रापछि पुगिने बाराम बस्ती मोहरियाका अधिकांश बासिन्दा पाल र टिनको छाना मुनि कठ्याग्रिंएर रात बिताउन बाध्य भएको संस्थाका संस्थापक अध्यक्ष सावित्रा शर्माले बताउनुभयो। उहाँले चिसोका कारण बालबालिका र वृद्धबृद्धाको अवस्था निकै दयनिय रहेको र स्वास्थ्य स्थितिमा समेत समस्या देखिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण समेत गर्नु भयो।
प्रकाशित मितिः २०७२ माघ ३ गते अाईतवार
Comment Here!