न्यायका लागि हस्ताक्षर


प्रकाशित मिति :2016-01-18 15:04:28

निर्मला भट्ट
काठमाडौं । भारतमा यौन शोषणमा परेका  दुई जना नेपाली महिलालाई न्याय दिलाउन माग गर्दै काठमाडौँमा हस्ताक्षर संकलन सुरु गरिएको छ ।
अन्तराष्ट्रिय मानव अधिकार संगठन एमनेष्टी इन्टरनेशन अन्तरगतको एभरेष्ट गु्रपले आईतवार पीडित महिलाको पक्षमा एक हजार जनाको हस्ताक्षर संकलन गरेको छ ।
संकलित हस्ताक्षर नेपालमा रहेको भारतिय दुतावास मार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने गु्रपका संयोजक प्रवेश पौडेलले जानकारी दिनुभयो ।
घटना भएको चार महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान भईरहेको भन्दै न्याय दिलाउन आलटाल गरेकाले छिटोभन्दा छिटो न्याय दिलाउनका लागि हस्ताक्षर सुरु गरिएको पौडेलको भनाइ छ ।
यौन शोषणमा परेका  ती महिलालाई भारतिय प्रहरीले चार महिला अगाडि भारतको नयाँ दिल्ली नजिकै गुडगाँवबाट उद्धार गरेको थियो ।
घरेलु कामदारको रुपमा रहेका उनीहरूलाई जवरजस्ती यौन कार्यमा लगाईएको पीडित महिलाले बताएका थिए ।

मेडिकल रिपोर्टमा पनि उनीहरु शारीरिक र मानसिक हिंसामा परेको उल्लेख गरीको भएपनि अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

प्रकाशित मिति २०७२ माघ ४ गते सोमवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: