महिला खबर
पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा महिलाको स्वास्थलाई ध्यान दिएर निशुल्क सेनेटरी प्याडको व्यवस्था सुरु गरेको छ ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले स्वास्थ नै धन भएको भन्दै सानो हेलचक्राईका कारण ठूलो असर पर्ने महिलाको जैविक समस्यालाई क्याम्पस प्रशासनले ध्यान दिएर प्याडको व्यवस्था गर्नु निकै सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा महिला स्वास्थ्य सम्बन्धि सचेतनाको सहजिकरण तथा प्याड अभियानका वारेमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले सहजीकरण गर्नुभएको थियो ।
उहाँले जिल्ला शिक्षा कार्यालयको सहकार्यमा कास्कीका हरेक एसएलसी सेन्टरहरूमा सेनेटरी प्याडको व्यवस्था गर्ने पहिलो जिल्लाका रुपमा घोषणा र अन्य १७ वटा जिल्लामा समेत पहल गरिएको जानकारी दिनुभयो ।
त्यस्तै छात्रा सन्ध्या रानाभाटले यो थुप्रै छात्राको समस्या भएकाले यस विषयमा क्याम्पस प्रशासनले ध्यान दिएर निशुल्क प्याडको व्यवस्था गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले हरेक विद्यालय र क्याम्पसले महिला स्वास्थ्यलाई ध्यान दिएर यसता कार्यक्रमहरू संचालन गर्नु पर्ने बताउनुभयो । क्याम्पस प्रमुख धनश्याम तिवारीले महिला स्वास्थ र सचेतना कार्यक्रम अब निरन्तरता दिदै जाने बताउनुभयो ।
प्रकाशित मिति २०७२ माघ ४ गते सोमवार
Comment Here!