कानुनबारे अनभिज्ञ हुँदा असुरक्षित गर्भपतन बढ्यो


प्रकाशित मिति :2016-01-18 16:01:01

महिला खबर

काठमाडाैं  । सुरक्षित गर्भपतनसम्बन्धी कानुन आएको १३ वर्ष वितिसक्दा पनि धेरै महिलालाई यसवारे अझै जानकारी नभएको सरोकारवालाले बताएका छन् ।  एसिया सेफ एबोर्सन पाटर्नरसिप, युथ च्याम्पियन एड्भोकेसी नेटवर्क र मिडिया एड्भोकेसी ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौं आयोजना गरिएको कार्यक्रममा नेपालमा सन् २००२ देखि नै सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिन सुरु गरेपनि महिलालाई यसबारे पर्याप्त जानकारी नभएको  उनीहरूले बताएका हुन् ।

 ६२ प्रतिशत महिलालाई अझैपनि  सुरक्षित गर्भपतनसम्बन्धी जानकारी नभएको बताइएको थियो ।

सुरक्षित गर्भपतनसम्बन्धी अध्ययन, अनुसन्धान तथा कार्यक्रम गर्दै आएको संस्था कृपाका निर्देशन आनन्द तामाङले कास्की, तनहुँ, काभ्रे, भक्तपुरलगायत १३ जिल्लामा बढी गर्भपतन हुने गरेको  आफूहरूले गरेको अनुसन्धानका क्रममा पाइएको जानकारी दिनुभएको थियो ।

विभिन्न संस्कार, सामाजिक परम्पराका कारण महिलाले असुरक्षित गर्भपतन गर्न बाध्य भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो  ‘असुरक्षित गर्भपतन  रोक्न छोरी जन्माउने आमालाई सरकारले नै आयआर्जनका कार्यक्रम ल्याउन जरुरी रहेको छ ।’

म्यागका अध्यक्ष बबिता बस्नेतले महिलाको यौन तथा प्रजनन् अधिकार स्थापित नभएसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्ने  बताउनुभयो । उहाँले महिलालाई सुरक्षित गर्भपतन सम्बन्धि सूचना दिन मिडियाको भूमिका  महत्वपूर्ण हुने बताउनुभयो ।

प्रकाशित मिति: २०७२ माघ ४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: