रमला सिंगक
सुनसरी । मातृभाषासंगै नेपाली भाषामा विभिन्न संचारमाध्यममा योगदान गर्ने धनकुटाको रेडियो लाली गुँरासमा कार्यरत संचारकर्मी शर्मिला राई पुरस्कृत हुनु भएको छ । उहाँ विगत दुई वर्षदेखि रेडियोमा वान्तवा मातृभाषा र प्राविधिकको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँलाई श्यामराज दुव्देङहाङ राई स्मृति पुरस्कारबाट किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले सम्मान गर्नु भएको थियो ।
स्वर्गीय श्याराज दुव्देङहाङले रेडियो नेपालको धनकुटा प्रसारण केन्द्रबाट लामो समयसम्म मातृभाषामा समाचार लेखन र वाचन तथा कार्यक्रम सञ्चालन गरेका थिए । उनको चौथो स्मृतिमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
किरात राई पत्रकार संघ सुनसरीद्धारा आयोजित उक्त पुरस्कार वितरण समारोहमा अर्का मातृभाषी भोजपुर घर भई काठमाडौंबाट प्रकासित बुङवाखा मासिकका सहसम्पादक दीपक राईलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित मिति :२०७२ माघ ५ गते मंलवार
Comment Here!