लैंगिक हिंसासम्बन्धि उजुरीमा बृद्धि


प्रकाशित मिति :2016-01-20 10:57:34

महिला खबर

ओखलढुंगा । ओखलढुंगामा लैंगिक हिंसाका उजुरी गर्ने महिलाको संख्यमा बृद्धि भएको छ । जिल्ला अदालत,महिला तथा बालबालिका कार्यलय, प्रहरी कार्यलय, ओरेक नेपाल लगायतको सम्वन्धित निकायमा लैंगिक हिंसा सम्बन्धिको उजुरी गर्ने महिलाको संख्यामावृद्धि भएको पाइएको हो ।

ओरेक नेपालले जिल्लामा सञ्चालन गरेको स्नेह केन्द्रमा मात्रै महिला हिंसा सम्बन्धिको १ सय ७ वटा उजुरी परेको ओरेक नेपाल स्नेह केन्द्रका जिल्ला इन्चार्ज खडमाया भुजेलले बताउनुभयो ।

वैशाख १२ गतेको भूकम्प पश्चात महिला तथा किशोरीहरूका लागि विशेष कार्यक्रमका साथमा स्नेह केन्द्रको स्थापना भई हाल ओखलढुंगा जिल्लामा काम गर्दै आईरहेको छ ।
जेठ १८ गते बाट जिल्लाको सदरमुकाममा सञ्चालित स्नेह केन्द्रमा ७ महिनाभित्रमै १ सय ७ वटा हिंसाको घटनामा उजुरी गरेकाले महिलामा

धैरे हिंसा भएको र उजुरी गर्नेको संख्यामा पनि बृद्धि भएको स्नेह केन्द्रका इन्चार्ज खडमाया भुजेलले बताउनुभयो ।

सम्बन्धित निकायले जिल्लाका ग्रामिण भेगमा हिंसा सम्बन्धि सचेतनाको कार्यक्रम सञ्चालन गरेका कारण महिला सचेत भई उजुरी गर्न थालेपछि हिंसा सम्बन्धिको उजुरी गर्नेहरूको संख्यामा बृद्धि भएको महिला विकास अधिकृत प्रवला श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति २०७२ माघ ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: