नारायण ढुंगाना
चितवन । चितवनको रत्ननगर बछौलीमा रहेको महिला बचत सहकारीले अहिले साना महिला उद्यमीको जिवन धान्ने आधार बन्दै गएको छ ।
सहकारीकै कारण सयौ महिलाको जिवनस्तरमा परिवर्तन आएको छ । महिलाका लागि मात्रै सहयोग गर्दै आएको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले अहिले साना महिला उद्यमीलाई कर्जा प्रवाह गर्दै आएको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले ऋण लिएर महिलाले जग्गाजमिन जोड्न सफल भएका छन् भने कतिपय राम्रा व्यवसाय गरेर आयआर्जन गर्न सफल भएका छन् । ती मध्ये ऋण लिएर व्यवासाय सुरु गर्ने मध्येमा पर्नुहुन्छ स्थानिय वनुही महत्तो । सुरुमा उहाँका आम्दानी र जग्गाजमीन केही थिएन ।
सहकारी मार्फत ऋण लिएर अर्काको जग्गा कमाउँदै खेती व्यवसाय सुरु गर्नुभयो । अहिले उहाँले एउटा घर बनाईसक्नु भएको छ भने ४, ५ कठ्ठा जग्गा समेत जोड्नुभएको छ । यस्तै अर्की महिला निर्मला परियारले टेलरिङ गर्नुभएको छ । सुरुमा केही नभएकी परियारको अहिले पेशा फष्टाएको छ ।
नारी चेतना बचतकै कारण आफूहरूको जीवनमा परिवर्तन आएको उनीहरूको भनाइ छ । यस्ता सयौंको जिवन उकासिएको सहकारीले जनाएको छ ।
बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले साना उद्यमीहरूलाई तरकारी खेती, बाख्रा पालन, साना होटल, ई रिक्सालगायत क्षेत्रमा ऋण दिंदै आएको छ । बढीमा १० लाखसम्म ऋण उपलव्ध गराउने गरिएको व्यवस्थापक विडारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ माघ ६ गते बुधवार
Comment Here!