आमाहरूको आहार व्यवहार बदलिँदा बालबालिका स्वस्थ


प्रकाशित मिति :2016-01-20 15:34:59

खेमा बस्नेत

डोटी। दिपायल सिलगढी नगरपालिका बजगाउँकी शारदा भण्डारीले आजकाल अफ्ना बाल वच्चालाई आहार खुवाउने व्यवहार बदलेकी छिन्।परम्परागत शैलीमा बालबालिकाको खानपान गराउने गरेकी भण्डारीलाई पोषणबारे केही थाहा थिएन। मिठोमसिनो मात्रै राम्रो खानेकुरा हो भन्ने उनको बुझाई थियो।

तर, जिल्लामा संचालित सुआहारा कार्यक्रमले समुदायमै आएर मातृ शिशु तथा बाल्यकालिन पोषण सुधारका लागि सामाजिक व्यवहार परिवर्तन तालिम प्रदान गरेपछि उनको सोच र आहार शैली नै फेरिएको छ। अहिले उनले बारीमा हरियो सागसब्जी, तरकारी, गेडागुडी र फलफूल लगाएकी छन्। मासु र अण्डाका लागि घरमै कुखुरा पालेकी छन्। ‘स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनुपर्ने रहेछ,’ उनले भनिन्,’यसका लागि धेरै खर्च गरिराख्नु पनि नपर्ने रहेछ। घरमैै सबै उत्पादन गर्न सकिने।’

तालिमपछि पोषणकोे बढी आवश्यकता बालबालिकालाई हुने उनले बुझेकी छन्। यसैले एक वर्ष उमेरको आफ्नो बच्चाकोे पोषण अवस्थालाई बढी ध्यान दिईरहेको भण्डारी बताउँछिन्। ‘बाल्यकालमा सन्तुलित रुपमा आहारविहारमा ध्यान दिएमात्र बालबालिकामा राम्रो विकास हुन्छ रे,’ उनले भनिन्, ‘यसैले मैले ६ महिनासम्म आफ्नै दुध चुसाएँ। त्यसपछि पहिले जाउलो,अण्डा, हरियो सागपात, गेडागुडीको झोल खुुवाउँदै आएकी छु।’

काँडामाण्डौ गाविसकी ७५ वर्षीया कलु लुहारले नातीको खानपानमा ध्यान दिन र विशेष निगरानी राख्न थालेकी छन् । बुहारीसँगै उनले पनि सुआहाराको तालिम लिने अवसर पाएपछि निगरानी राख्न शुरु गरेकी हुन।

‘बच्चालाई तन्दुरुस्त बनाउन खानपानमा ध्यान दिनुपर्ने रहेछ। नत्र कमजोर, अपाङ्गसम्म हुने रहेछन्,’ उनी भन्छिन्। त्यसैले नातीको ख्याल राख्न बुहारीलाई उनले सचेत गराइरहन्छिन्।

मातृ तथा बाल्याकालिन पोषणको अवस्था सुधार गर्न सरकारको बहुक्षेत्रीय पोषण नीतिमा आधारित कार्यक्रम सुआहारा लागु गरेसँगै यहाँका आमाहरूमा परिवर्तन आएको हो। अहिले जिल्लाका अधिकांश आमाले पोषणको बारेमा ज्ञान लिँदै व्यवहारमा लागु गर्न थालेका छन्। यूएसआईडीको सहयोगमा सेभ द चिल्ड्रेन, हेलेन केलर तथा स्थानीय साझेदार संस्था सोर्स नेपालको साझेदारीमा डेढ वर्षदेखि सुआहारा परियोजना जिल्लामा संचालित छ।

कार्यक्रमका लागि जिल्ला विकास समितिसहित मातहतका विषयगत निकायले समन्वय गरिरहेका छन्। परियोजनाबाट २३ हजार आमालाई पोषण सम्बन्धी तालिम दिइएको सोर्स नेपालका फिल्ड संयोजक दिनेश बमले जानकारी दिए। उनका अनुसार ६ हजार आमालाई कुखुरा तथा तरकारीको बिउ समेत उपलब्ध गराईएको छ। उपलब्ध कुखुुराबाट आमा तथा बच्चाले अण्डा खान शुरु गरिसकेको उनले बताए।

प्रकाशित मितिः २०७२ माघ ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: