श्रीमती जलाउने पक्राउ


प्रकाशित मिति :2016-01-20 15:51:14

सुमित्रा कोइराला
उदयपुर। श्रीमतीलाई शरीरमा आगो लगाई हत्या गर्न खोजेको आरोपमा एक व्यक्तिलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्वी गाविस तपेश्वरीकी नैनादेबी चौधरीलाई आगो लगाई हत्याको प्रयास गरेको आरोपमा उनका पति घनश्याम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा घनश्याम चौधरीले पेट्रोल छर्केर आगो लगाएको अवस्थामा नैनादेवीलाई प्रहरीले उद्दार गरेको थियो। घाइते नैनालाई उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले जानकारी दिनुभयो।

पीडित महिलाको कम्मरमुनीका भाग जलेकोले स्थानिय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको डिएसपी रानाले बताउनुभयो। रानाका अनुसार आगो लगाउने श्रीमान प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। घटनामा घरमा भएका १० हजार रुपैयाँ बरावरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७२ माघ ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: