हिमपातले जनजीवन कष्टकर


प्रकाशित मिति :2016-01-20 16:09:12

नन्दा थापा

Snow pic

बाजुरा। मंगलबारदेखि लगातारको हिमपातले बाजुरा जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। दुइदिनसम्म लगातार हिमपात भएपछि यहाँका महिला, बालबालिका र बृद्धबेद्धालाई बढी समस्या भएको छ।

हिमपातले सुत्केरी तथा महिनावारी हुँदा छाउपडी गोठमा बस्दै आएका महिलालाई बढी सास्ती भएको मार्तडीमा श्रीङ्गारको व्यापार गर्दै आएकी पुष्पा पण्डितले बताएकी छन्। पाँच दिनसम्म दिनदिनै लुगा धुन र नुहाउनै पर्ने मान्यताका कारण बढी समस्या भएको छ।

छाउपडी तथा सुत्केरी महिलाले दैनिक नुहाउनु पर्ने र लुगा धुनु पर्ने भएको हुँदा बढी समस्या भएको उनले बताईन्। हिमपातसँगै चिसो भएकोले पसल व्यवसाय पनि बन्द गर्नुपरेको उनको भनाई छ। साथै छोराछोरी चीसोमा धेरै विरामी हुने भएकोले न्यानो पार्न पनि मुस्किल भएको पण्डितले बताईन्। चिसोका कारण गाईभैंसीलाई चरीचराउन समस्या भएको मार्तडीकै दिपा थापाले बताईन्। उनले दिनभरी हिउँ परेका कारण घरबाट बाहिर निकाल्नै नसकिएको बताईन्।

snow 2

हिमपात अहिले पनि जारी छ। हिमपातकै कारण कर्मचारीलाई कार्यालय पुग्न पनि समस्या भएको रुकमीणी शाहले बताएकी छन्। उनले भनिन्, “हिमपात जारी रहेकोले यहाँ वर्षकै बढी चिसो छ, कामकाज गर्न समस्या भयो, कार्यालय पुगेर फर्कीसकँे”। हिमपातका कारण जिल्लाको कोल्टी क्षेत्रका ११ गाविसको आवत जावत ठप्प भएको छ। मार्तडी र पाण्डुसैनको बीचमा पर्ने पोरखे लेकमा भारी हिमपातका कारण बाटो अवरुद्ध भएको हो। जसका कारण ११ गाविसको आवत जावत पुर्णरुपमा ठप्प भएको पत्रकार गंगराज पण्डितले जानकारी दिएका छन्।

हिमपातले सदरमुकाम मार्तडीबाट समान लिएर कोल्टी हिँडेका खच्च्ड, भेँडा र भरियाहरू बीच बाटोमै अलपत्रमा परेका छन्। पोरखे हुँदै छिमेकी जिल्ला मुगु, हुम्ला र कालिकोटसम्मको आवत जावत रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चिसोसँगै वर्षाले बाटो चिप्लो बनेपछि स्थानियलाई आवत जावत गर्न निकै गाह्रो भएको छ। हिमाली भेगमा लगातारको हिमपात र चिसोले जिल्लाको दैनिक जनजीवन नराम्ररी प्रभावित बनेको छ।

जिल्लाका रुगीन, विच्छ्या, जुकोट, दहकोट, कैलाशमाडौं, मानाकोट, काँडा र मार्तडीमा यतीबेला हिमपात भर्ईरहेको पत्रकार पण्डितले जानकारी दिए। उच्च हिमाली क्षेत्रमा घरको आँगनमै हिँउ जम्न थालेपछि स्थानियलाई घरबाहिर निस्कन समेत समस्या भएको पण्डितको भनाई छ। धेरै समयपछि वर्षा भएपछि किसान भने खुसी भएका छन्। हिउँदे बाली असोजदेखि वर्षा नभएका कारण सुकिसकेको छ।

प्रकाशित मितिः २०७२ माघ ६ गते  बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: