बलात्कारी मुक्त गर्न सहयोग गर्ने बीर अस्पतालका तीनजना कर्मचारी पक्राउ


प्रकाशित मिति :2016-01-20 16:54:37

महिला खबर

joint
काठमाडौं। बलात्कारको सजाय भोगीरहेको सिन्धुपाल्चोक मानेश्वाराका उद्धव नेपाललाई उम्काउन सहयोग गरेको भन्दै प्रहरीले बीर अस्पतालका तीन जना कर्मचारीलाई पक्राउ गरेको छ। बलात्कारीलाई छुटाउन किर्ते कागजात बनाएको आरोपमा बीर अस्पताल सेवा आयोग का सचिव ५७ वर्षीय लक्ष्मण प्रसाल अर्याल, रेडियोग्राफर ४६ वर्षीय कृष्ण तिमिल्सिना र नर्स ५० वर्षीय राजेश कुमार कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले पक्राउ गरेको हो।

प्रहरीले प्रहरीले गोठाटारका राम प्रसाद पराजुली भन्ने केदारनाथ पराजुलीलाई पनि पक्राउ गरेको छ। उनी उद्धवका ससुरा हुन्।

सिन्धुपाल्चोक जिल्ला अदालतले बलात्कारी ठहर गरि जगन्नाथदेवल काठमाडौंमा सजाय भोगीरहेका उद्धव नेपाललाई मुक्त गराउन  उनीहरूले किर्ते कागज बनाएको प्रहरीले बताएको छ।

नेपालले २०७० साल असार ५ गते बलात्कार गरेका थिए। तर उनीहरूले उद्धवको २०७० साल असार ४ गते ऐपेण्डिसाइटिसको शल्यक्रिया गरि १२ गतेसम्म अस्पतालमा रहेको कागज बनाइ पुनरावेदन अदालतमा पेश गरेर छुटाउन खोजेको थिए। अदालतको यस व्यहोराको पत्रबारे व्युरोले अस्पतालमा बुझ्दा अस्पताल प्रशासनले किर्ते कागजात बनाएको पत्ता लागेपछि  यी ३ जनालाई पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार उनीहरूविरुद्ध सरकारी छाप दस्तखत कीर्ते मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको छ।

प्रकाशित मितिः २०७२ माघ ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: