उच्च पदमा महिला : प्रश्नै–प्रश्न


प्रकाशित मिति :2016-01-21 11:00:04

‘आफ्नै क्षमताले उच्च तहमा पुगे पनि महिलाले कुनै विषयमा निर्णय लिनु र कार्यान्वयन गर्नुपूर्व अनेक आलोचना र प्रश्नको सामना गर्नुपर्छ ।’

 तारा वाग्ले

/fi6«klt–e08f/L u0ftGq g]kfnsf] bf];|f] /fi6«kltdf g]skf Pdfn]sf pkfWoIf ljBfb]jL e08f/L lgjf{lrt ePkl5 g]skf Pdfn]sf cWoIf Pjd k|wfgdGqL s]kL zdf{ cf]nL / k"j{ k|wfgdGqL dfwjs'df/ g]kfnnufot . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । नेपालको संविधान, २०७२ जारी भएपछि राष्ट्रपतिजस्तो उच्च पदमा महिला पुगेकी छिन् । महिला अधिकार, समानता सशक्तीकरण र नेतृत्वको पक्षमा विश्वभर आवाज उठिरहेका बेला महिला नेतृ विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति र नेतृ ओनसरी घर्ती सभामुख पदमा निर्वाचित भए । देशभरका महिला उत्साही भएर खुसीयाली मनाए । चुनौती र विभेदका बाबजुद महिला राज्यको उच्च तहमा पुग्नु गौरवको कुरा हो । यसले सदियौैँदेखि पछाडि पारिँदै आएका महिलाको नेतृत्व समाजले बिस्तारै स्वीकार गर्दै छ भन्ने देखाउँछ ।

महिला कार्यकारी भूमिकामा र निर्णायक तहमा पुग्दैमा परिवर्तनको ढोका नखुल्ने विज्ञहरू बताउँछन् । विश्लेषक डा. सुरेन्द्र केसी भन्छन्, ‘महिला सङ्ख्यामा देखिनेगरी उच्च तहमा पुग्दैमा महिलाको हित, सामाजिक परिवर्तन र विकास हुँदैन । बरु उसलाई के भूमिका र जिम्मेवारी दिइएको छ, त्यसको आधारमा उसले गरेको कामको मूल्याङ्कन गरिन्छ ।’ केसीका भनाइमा, ‘महिलाले पनि क्षमताअनुसारको जिम्मेवारी, अवसर, सहकर्मीको साथ र सहयोग पाएमा उल्लेखनीय काम गर्न सक्छन् । तर, महिलालाई अधिकार र जिम्मेवारी दिएजस्तो गर्ने, तर उसको क्षमताको मूल्याङ्कन नगर्ने प्रवृत्तिमा सुधार नभएसम्म महिलाको गुणात्मक विकास सम्भव छैन ।’

पद्धतिका आधारमा सञ्चालन नहुनु नेपाली राजनीतिको मुख्य कमजोरी हो । नीति–नियम बनाउने र आफैँ त्यसको उल्लङ्घन गर्ने प्रवृत्ति राजनीतिज्ञमा छ । निर्णय प्रक्रिया सरलीकरण निर्देशिका २०६५, सुशासन कार्ययोजना २०६८, नेपाल सरकारको कार्यविभाजन नियमावली, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, सूचनाको हकसम्बन्धी ऐनजस्ता कानुनी दस्तावेजहरूको व्यवहारमा उपेक्षा यसका केही उदाहरण हुन् ।

राजनीतिक तहमा देखिएका यस्ता अभ्यासका बाबजुद पनि महिला आफ्नो अधिकार माग्न र विभेदको विरोध गर्न सक्ने भएका छन् । त्यसो त विकसित देशमा भन्दा विकासोन्मुख देशमा बढी महिला निर्णायक तहमा पुगेका छन् । २१ जुलाई सन् १९६० मा श्रीलङ्काकी सिरिमाओ बन्दरनायके विश्वकै प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा चिनिएको दक्षिण एसियाले विश्वकै प्रथम महिला प्रधानमन्त्री जन्माउने श्रेय पाएको थियो ।

भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो देशका लागि मात्र नभई संसारभर बलियो प्रभाव जमाइन् । गान्धीले संसारकै इतिहासमा आफूलाई विशिष्ट महिलाको स्थानमा उभ्याइन् । लामो समय प्रधानमन्त्री बनेर भारतलाई विभाजनबाट जोगाइन् ।

त्यस्तै मुसलमान बाहुल्यको पाकिस्तानमा बेनजिर भुट्टो प्रधानमन्त्री भइन् । बंगलादेशमा शेख हसिना वाजेद प्रधानमन्त्री छन् । प्रतिपक्षमा बेगम खालिदा जिया । उनीहरूले त कार्यकारी तहमा रहेर सरकार हाँक्ने अवसर पाएका थिए । तर, नेपालमा यसअघि महिलाले प्रमुख पदमा नेतृत्व गर्ने अवसर पाएका थिएनन् ।

UCPN-Maoist lawmaker Onsari Gharti Magar (left), along with the PM, after being elected the first woman Speaker on Friday. Photo:THT

दक्षिण एसियाको राजनीतिमा महिलाको प्रभावशाली उपस्थिति संसारकै लागि उदाहरणीय हो । विश्वको शक्तिशाली देश अमेरिकामा समेत महिला राष्ट्रपति पदमा पुगेका छैनन् । बेलायतमा मार्गरेट थ्याचर सन् १९७९ मा प्रधानमन्त्री बनेर एक दशक लामो कुशल शासन सञ्चालन गरिन् । एसियाका विकसित देशहरूमध्ये दक्षिण कोरियामा हान मियोङ सुक २०१२ मा प्रथम प्रधानमन्त्री चयन भइन् । २०१३ मा पार्क गेयुन ही कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भइन् । थाइल्यान्डमा २०१२ मा प्रथम महिला प्रधानमन्त्रीका रूपमा इङलक सिनावात्रा निर्वाचित भइन् । जापान र चीनजस्ता एसियाका समृद्ध देशहरूले अझैसम्म महिला प्रधानमन्त्री र राष्ट्रपति पाउन सकेका छैनन् ।

क्षमता र आत्मविश्वासले नै महिला कार्यकारी पदमा पुगेका हुन् । समाज विकासमा समेत त्यत्तिकै योगदान दिँदै आएका महिलाले अब गाउँको सत्ता आफ्नो हातमा लिन सक्ने ढोकाहरू खुलेका छन् । महिलाको यही क्षमता र जागरुकताले स्थानीय निकाय राम्रोसँग सञ्चालन गर्न सक्छन् भन्ने कुरालाई समेत पुष्टि गर्दछ । स्थानीय निकायमा महिलाको नेतृत्व बढेसँगै प्रदेश सभा, प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभामा पुग्ने मार्ग तय हुनेछ । वर्षौंदेखि पुरुषले एकछत्र राज गरेको सत्ता महिलाका हातमा आउन सहज नभए पनि पटक–पटक विभिन्न राजनीतिक आन्दोलनमा महिलाले खेलेको सक्रिय भूमिकाका कारण अबको सत्ता महिलाका हातमा आउनेमा विश्वास गर्न सकिन्छ ।

महिला उच्च तहमा पुग्दैमा उपलब्धि हासिल नहुने, तर कस्तो व्यक्ति सो तहमा पुग्यो र उसको अधिकार के–के छन् भन्ने विषयले असर पार्ने कतिपय विश्लेषकको तर्क छ । अस्मिता मासिककी सम्पादक मञ्जु थापा महिला उच्च पदमा पुग्नु सामाजिकीकरणको प्रक्रियामा राम्रो भएको बताउँदै उसले त्यहाँ पुगे पनि के गर्न सक्छ भन्ने कुरा उसको दृष्टिकोण र संवेदनशीलतामा भर पर्ने धारणा राख्छिन् । अब महिलालाई उच्च तहमा पुर्‍याउन मात्र नभई सो ठाउँमा पुगेकालाई जिम्मेवार बनाउने र क्षमता अभिवृद्धि गर्नेतर्फ राजनीतिक क्षेत्र र अधिकारकर्मीले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

जिम्मेवारी र अधिकारबिनाको पदले उल्लेखनीय काम गर्न दिँदैन । साथै नयाँ सार्वजनिक व्यपस्थापन, लोकतन्त्र, समावेशिता र बहुलवादको अभ्यास हुन थालेको हाम्रो मुलुकमा कार्यकारी पद र भूमिकाका लागि महिलाको प्रयास अझै पुगेको छैन । विज्ञहरूका अनुसार राजनीतिक तहबाट हुने कार्यलाई नतिजाउन्मुख बनाउने प्रक्रियामा मूलतः चार चरण रहन्छन् । उद्देश्य तथा नीति निर्धारण, कार्ययोजना तर्जुमा, कार्ययोजनाको कार्यान्वयन र कार्य सम्पादन, मूल्याङ्कन र सुधार । यी चरणलाई ठोस उद्देश्यका साथ लागू गर्न सके उच्च पदमा पुगेका व्यक्तिले सहज रूपमा प्रभावकारी नतिजा दिन सक्छन् ।

‘नेपालको राजनीति र प्रशासनमा केन्द्रीय योजना पद्धतिको बाहुल्य छ । सर्वसाधारणको माग, आवश्यकता र आकाङ्क्षाप्रति सरकार उदासीन छ । कार्यक्रम बजेटको सट्टा हचुवा बजेट प्रणालीको अनुशरण हुने गर्छ । एकले गरेको कार्यमा अर्काले हस्तक्षेप गर्ने हुँदा कर्मचारीले मात्र नभई नेताले गरेको काम पनि उपलब्धिमूलक हुन नसकेको’ प्रशासनविद् भीमदेव भट्टको विचार छ । निर्णायक तहमा पुगेका महिलाले त झन् यी चुनौतीसँगै अरू चुनौती पनि खेप्नुपरेको पूर्वसचिव वृन्दा हाडाको अनुभव छ । राजनीतिबाट अलग रहेको प्रशासनको उच्च तहमा रहेर काम गर्दासमेत राजनीतिक दबाब र हस्तक्षेप सहनुपरेको स्मरण गर्दै उनले भनिन्, ‘महिला आफ्नो क्षमताले उच्च तहमा पुगे उसले कुनै विषयमा निर्णय लिनु र कार्यान्वयन गर्नुपूर्व अनेक प्रश्न र आलोचनाको सामना गर्नुपर्छ ।’

(सञ्चारिका फिचर सेवा)
(तारा, काठमाडौंमा पत्रकारिता गर्छिन् । ) 

प्रकाशित मिति :२०७२ माघ ७ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: