बेचबिखनको क्षेत्र नयाँ र जटिल बन्दै


प्रकाशित मिति :2016-01-21 11:59:23

आस्था केसी

काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सहसचिब राधिका अर्यालले एकीकृत तथ्यांक र सूचना प्रणालीको अभावमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि बुधवार काठमाडौंमा सम्पन्न चौंधौं योजना तर्जुमा परामर्श गोष्ठीमा बोल्दै अर्यालले यस्तो बताउनुभएको हो ।

मानव बेचबिखन तथा ओसारपसारको क्षेत्र दिन प्रतिदिन नयाँ र जटिल बन्दै गएको उल्लेख गर्दै अर्यालले यसलाई नियन्त्रण गर्न सरकारी, गैरसरकारी निकाय, नागरिक समाज र विकाशका साझेदार संस्थाहरूको समन्वयकारी भूमिका हुनुपर्ने जिकिर गर्नुभयो ।

मन्त्रालयकी उप सचिब सुनिता नेपालले विगतमा अशिक्षित, गरीवी र सीमान्तकृत समुदायका महिलामात्र भारतका ठूला शहरमा बेचिने गरेकोमा अहिले  बिभिन्न खाले श्रम र मनोरञ्जनको लागि समेत महिला, पुरुष, किशोरकिशोरी तथा बालबालिकाहरू प्रयोग हुन थालेकोे  बताउनुभयो  । उहाँले भनिन् ‘नेपालीहरू धेरै तरिकाबाट बेचबिखनको जोखिममा परिरहेका छन् ।’

विनाशकारी भूकम्प र त्यस पछाडी गएका पटक पटकका पराकम्पनले सृजना गरेको विस्थापन र घरबारविहिनताको परिस्थितीले मानब बेचबिखन तथा ओसारपसारको जोखिम बढेको भन्दै नेपालले मानव बेचबिखनमा परेका बालबालिका तथा किशोर किशोरी, महिलाको उद्धार, पुर्नस्थापना र पुर्नएकीकरणका कार्यक्रमहरूमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपालकी कार्यक्रम संयोजक बेनुमायाँ गुरुङले मानब बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका तथा जोखिम उन्मुख समुदायको पहिचान गरी सामाजिक सुरक्षा तथा आर्थिक सशक्तिकरण गर्ने तर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने सुझाव दिनभयो ।

मानब बेचबिखनका दृष्टिले सम्वेदनशील क्षेत्र, समूह र समूदायको पहिचान गरी अतिबिपन्न र जोखिमयुक्त समुदायमा सचेतना बढाउँदै पीडितहरूको न्यायमा पहुँचको सुनिश्चितता गर्ने खालका कार्यक्रम बनाउन सहभागीले सम्बन्धित सरोकारवाला निकायलाई सुझाव दिएका थिए ।

प्रकाशित मितिः २०७२ माघ ७ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: