सामाजिक सहयोगको अपेक्षामा महिला बन्दी


रिहापछिको जीवनयापनमा कठिनाइ हुने चिन्ता

प्रकाशित मिति :2016-01-21 12:49:15

जमुनावर्षा शर्मा

पोखरा । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका महिला बन्दिलाई कैद भुक्तान पछि सहज सामाजिक जीवनयापन गर्न पाइन्छ कि पाईंदैन भन्ने चिन्ताले सताएको छ ।

IMG_3875२ वर्षको कैद भुक्तान गरिरहेकी पोखराकी गंगा कुमारी घर्तीलाई कैद पछिको सामाजिक जिवनलाई कसरी पुर्नस्थापित गर्ने भन्ने चिन्ताले सताएको छ । उनी ५ महिनापछि जेलमुक्त हुँदैैछिन् । ‘साथीभाइको संगतले लागु औषधको कारोबारमा फसियो । २ वर्षको कैदले जीवनमा धेरै कुरा सिकाएको छ । यस पछिका दिनलाई कसरी सामान्यीकरण गर्ने भन्ने चिन्ता लागेको छ’ महिला खबर सँगकोे कुराकानीमा उनले भनिन् । रिहा भएपछि सानोतिनो व्यापार गरेर दुई सन्तानको भविष्यलाई उज्जवल बनाउने सोच आफू भएपनि समाजबाट  साथ सहयोग नपाइने हो की भन्ने ठुलो चिन्ता उनमा छ ।  अब जेलमुक्त भएपछि  दुव्यर्सनविरुद्धको अभियानमा सक्रिय हुने योजना उनले बुनेकी छन्  ।

महिला बन्दीहरूको चौकीदारको जिम्मेवारी समेत बहन गरिरहेकी ४२ वर्षीया  अनिता गुरुङ पनि ९ वर्ष देखि बन्दी जीवन विताइरहेकी छन् । गुरुङलाई लागु औषध कारोबारमा ११ वर्षको कैद सजाय भएको थियो  । अबको दुई वर्षपछि उनी पनि जेलमुक्त हुनेछिन् । तर, सामाजिक जीवन जिउन भने केहि कठिनाइ हुने उनको अनुमान छ ।

 ‘नेपाली समाजमा महिलाले धेरै आरोप प्रत्यारोपको सामाना गर्नुपर्छ, त्यसमाथि जेल परेको भन्ने दृष्टिकोण  नकारात्मक हुन सक्छ । त्यसको सामना गरेर सकारात्मक बाटोबाट बाँकी जीवनलाइ अगाडि बढाउनु छ ’ गुरुङले भनिन् । श्रीमानसँगका सम्बन्ध टुटेपछि एक्लै चार सन्तानको जिम्मेवारी वहन गर्दै आएकी उनले दुव्र्यसनी साथीको संगतले लागु औषधको कारोबारमा संग्लन हुँदा सजाय भोग्न बाध्य भएको बताइन् । उनीहरू जस्तै विभिन्न प्रकृतिको अपराधमा कास्की जिल्ला कारागारमा १ जना नाबालक सहित ५१ जना महिला बन्दी छन्  ।  २० जनाको क्षमता रहेको बन्दीगृहमा अधिकांश महिला लागुऔषध, ठगी , मानव बेचविखन, बहुविवाह र ज्यान मुद्दाको सजाय भोगिरहेका छन् । साथीसंगी र अन्जानमा आफूहरू फसेको भन्दै बन्दी जीवनपछि सहज वातावरणमा जीउने चाहना उनीहरूको छ ।

 ‘हामी आफै संचालित भएर अपराधमा लागेका छैनौैं, अरुको कुरामा लाग्दा हाम्रो विवेक गुमेकाले सही निर्णय लिन सकेनौं र कारागारको चिसोमा अमुल्य जीवन विताउँन बाध्य भयौं’ ज्यान मुद्दामा सजाय भोगिरहेकी एक महिलाले भनिन् ।

जिल्ला कारागारका जनस्वास्थ्य निरीक्षक विष्णु सुवेदीका अनुसार  पुरुष बन्दीको तुलनामा महिलालाई कारागारपछिको जीवन असहज हुने गरेको छ ।

IMG_3874‘पुरुषहरू आर्थिक रुपले सबल हुन र समाजमा तुरुन्तै घुलमिल हुन सक्छन्, तर महिला आर्र्थिक र सामाजिक रुपमा तुरुन्तै घुलमिल हुन सक्दैनन् । पित्तृसतात्मक सोचको प्रभाव यहाँ पनि देखिन्छ । पुरुषलाई मर्दले जेल नेल सबै भोग्नु पर्छ भनेर उत्साहित गराइन्छ, तर महिलालाई चरित्रलगायत विविध लाञ्छाना लगाइन्छ, जसले गर्दा महिला खुलेर समाजमा पुनस्थापित हुन सहज हँुदैन ।’

अधिवक्ता सुरेन्द्र थापा मगरका अनुसार एकपटक गल्ति गरेकालाई गल्तिको सजाय भोगिसकेपछि पनि त्यहि नजरले हेरिदिँदा अपराध कर्मबाट मुक्ति चाहेकाहरू पुन अपराधमै फर्किन बाध्य हुने गरेका छन् । स्वस्थ समाजका लागि जेल जीवनपछि समाजमा फर्किएकालाई सकारात्मक व्यवहार गर्न सके अपराध पनि घट्ने थापाको विश्वास छ ।

प्रकाशित मिति :२०७२ माघ ७ गते विहिवार   

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: