महिला खबर
कञ्चनपुर । सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट माइती नेपालले दुई दिनमा सात जना महिलाको उद्दार गरेको छ ।
मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना महिलाको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।
उद्दार गरिएकाहरूमा काठमाडौंका एकजना, कञ्चनपुरका दुईजना, दाङ, कैलाली, म्याग्दी र चितवनका एक/ एक जना गरि सात जना महिला रहेको उहाँले बताउनुभयो । माइती नेपालका अनुसार उनीहरू विभिन्न बहानामा भारतलगायत तेस्रो मुलुक जान लागेका थिए ।
माइती नेपालले चितवन र कैलालीका महिलालाई आफन्तको जिम्मा लगाएको छ भने बाँकी पाँचजनालाई अनुसन्धानका लागि आफ्नो संरक्षणमा राखेको छ । म्याग्दी र काठमाडौंबाट गएकाहरूसँगै रहेका तीनजना युवालाई नियन्णमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको भट्टले जानकारी दिनुभयो । उद्दार गरिएका सबै १७ देखि २६ वर्ष उमेर समूहका छन् ।
पश्चिमी नाका मानव बेचबिखनको केन्द्रविन्दु बनिसकेके उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘सीमामा उद्दार गरेर मात्रै यसको रोकथाम हुँदैन, यसमा सरकार पनि गम्भीर हुनु आवश्यक छ ।
प्रकाशित मिति : २०७२ माघ ७ गते विहिवार
Comment Here!