महिलामैत्री पार्टी बनाउन विधान संशाेधन आवश्यक : कमला पन्त


प्रकाशित मिति :2016-01-22 12:27:01

महिला खबर

कैलाली। ३३ प्रतिशतका कुरा गरेपनि नीतिनिर्माणे तहमा महिला सहभागिता न्युन हुनु दुखद भएको महिला नेताले गुनासो गरेका छन्।

नेपाली काग्रेंसको महिला विभागले बिहीबार धनगढीमा आयोजना गरेको संविधान र महिला अधिकार विषयक कार्यशाला गोष्ठीका सहभागी महिलाले सो गुनासो गरेका हुन्।

संविधानमा ३३ प्रतिशत महिला सहभागिताका कुरा गरेपनि व्यवहारमा महिलालाई स्थान नदिएको काग्रेंस नेता इश्वरी न्यौपानेले बताउनुभयो। उहाँले राज्यको शिर्ष पद र नीति निर्माणको तहमा महिला सहभागिता गौण रहेको आरोप लगाउनुभयो।

संविधानले महिलाको सहभागिताको कुरा गरेको भएपछि राजनीतिक दलले पनि महिला सहभागितालाई प्रथामिकतामा नराखेको अधिकांश महिलाले बताएका थिए।

नेपाली काग्रेंसको केन्द्रीय समितिमा २२ प्रतिशत महिला सहभागी भएपनि अन्य पार्टीले महिलालाई स्थान दिन नसकेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा महिलाको सवालमा वर्तमान संविधान र नेपाली काग्रेंसको विधानमा भएको व्यवस्थाका विषयमा सांसद सिता गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

उहाँले संविधानले महिलाका सबै अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो। नेता कमला पन्तले नेपाली काग्रेंसको विधान र यसलाई महिलामैत्री बनाउन थप्नुपर्ने बुँदाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। उहाँले नेपाली काग्रेंसले गाउँदेखि केन्द्रस्तरसम्म महिला सहभागिता बढाउन विधान संशोधन आवश्यक रहेको आंैल्याउनुभएको थियो।

नेपाली काग्रेंस कैलालीका सभापति नर नारायण शाहको अध्यक्षतामा सम्पन्न कार्यशालामा ६ वटै क्षेत्रका महिला प्रतिनिधि, केन्द्रीय सदस्य तथा महिला नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: