दादुरा रुवेला खोप अभियान सञ्चालन हुने


प्रकाशित मिति :2016-01-22 12:50:39

ज्ञानु पंगेनी

नवलपरासी। नवलपरासीमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ। यही माघ २४ देखि २८ गतेसम्म र फागुन ४ देखि ८ गतेसम्म गरि दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ।

अभियानमा नवलपरासीका ९ महिनादेखि पाँच वर्ष मुनिका ५९ हजार सात सय ४५ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो।

माघ २४ देखि २८ गतेसम्म पहिलो चरणमा दाउन्ने पुर्वका नगरपालिका र गाविसमा तथा दोस्रो चरणमा फागुन ४ देखि ८ गतेसम्म दाउन्ने पश्चिमका सवै नगरपालिका र गाविसमा अभियान सन्चालन गरिने उहाँले बताउनुभयो। त्यसका लागि हरेक वडामा स्वास्थ्यकर्मीसहितको खोपकेन्द्र रहने छन्। यसैगरी सोही अवसरमा जिल्लाका ७८ हजार बालबालिकालाई पोलिया थोपा पनि खुवाईने कार्यालयले जनाएको छ।

जिल्लामा पहिलो पटक यो कामको अनुगमन मोवाईल फोन प्रविधिबाट गरिने निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: