महिला खवर
पाँचथर। बोक्सी लागेको भन्दै नावालकलाई फलाम र ढुंगा तताएर डाम्ने झाँक्रीलाई विहीवार पाँचथर प्रहरीले पक्राउ गरेको छ। वच्चालाई सरुवा मच लागेको भन्दै डामेको अभियोगमा पाँचथर ओयामका झांक्री सुकवहादुर राईलाई पक्राउ गरेको हो।
झाडापखाला लागेर विरामी भएका सोही ठाँउका धनवहादुर राई र उर्मीला राईको १४ महिने छोरा दिप्सनलाई झारफुक गर्ने क्रममा झाँक्री राईले फलाम र ढुंगा तताएर डामेको वालककी आमाले अर्मिलाले वताईन्।
फलामले डामेर घाईते भएका वालकलाई १३ दिनपछि विहीवार जिल्ला अस्पताल पाँचथर ल्याएर भर्ना गरिएको छ। यसवारे थप अनुसन्धान र परामर्श भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार
Comment Here!