सञ्चारमाध्यमका लागि बाल सम्वेदनशील निर्देशिका बन्दै


प्रकाशित मिति :2016-01-22 15:35:06

नन्दा थापा

काठमाडौं। सञ्चार माध्यमलाई बाल सम्वेदनशील बनाउन आमसञ्चार (पत्रकार) निर्देशिका २०७२ जारी गरिएको छ। केन्द्रिय बाल कल्याण समितिले यस्तो निर्देशिका जारी गरेको हो। निर्देशिका जारी गर्न आयोजित कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष डिल्ली राम गिरीले नेपालमा छापा, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा क्रियाशिल पत्रकार तथा प्रकाशक र संचार माध्यमलाई बालबालिकाप्रति सम्बेदनशील बनाउन निर्देशिका जारी गरिएको बताउनुभयो।

उहाँलेे बालबालिका सम्बन्धि सूचना र सन्देशमुलक सामग्री तयार गर्दा बाल सम्वेदनशील निर्देशिका पालना गर्न सञ्चार माध्यमलाइ आग्रह गर्नुभयो। अठार वर्ष मुनिका सबैलाई बालबालिका ठानी उनीहरुलाई हानी नपुग्ने सूचना र सन्देशमुलक सामग्री प्रकाशन तथा प्रसारण गर्न उहाँको आग्रह थियो।

आमसञ्चार माध्यमले सामाजिक उत्तरदायित्व वहन गर्दै बालबालिकाको अभिव्यव्यक्ति र उनीहरूको गतिविधिलगायत बालबालिकासँग सम्वन्धित सामग्रीलाई सकरात्मक प्रभावकारी पार्ने गरी प्रसारण तथा प्रकाशन गर्न आम सञ्चारले ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो।

कार्यक्रमका सहभागीहरूले बालबालिकाको विचार वा भावनालाई कदर गर्दै आमसञ्चार माध्यममा सहभागिता उनीहरूका लागि उपयोगी सामग्री तथा उनीहरूको समयको अनुकूलतालाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

उनीहरूले बालबालिकासँग सम्वन्धित कुनैपनि सामग्रीलाई सनसनीपूर्ण बनाएर वा अतिरञ्जित गरेर प्रस्तुत गर्न नहुने सुझाएका थिए।

व्यापारीक उद्देश्यका साथ बालबालिकाहरूलाई गलत रुपमा प्रयोग गर्दै तयार गरिएको कुनैपनि उत्पादन, सेवा वा अभियानसँग सम्वन्धित विज्ञापनलाई छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यामले स्थान नदिन पनि उनीहरूले सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मेहन्द्र विष्टले आमसञ्चार माध्यमले कुनै पनि सामग्रीबाट बालबालिकाको आत्मसम्मान र गरिमामा चोट पुर्‍याउने कार्य गरेमा सञ्चार माध्यम नै कारबाही भोग्न तयार रहनुपर्ने बताउनु भयो ।

सार्वजानिक हितका लागि आवश्यक रहेको अवस्थामा वाहेक बालबालिकाको परिचय वा उनीहरूको अभिव्यक्तिलाई सार्वजनिक गर्न नहुने भन्दै उनीहरूको गोपनियताका लागि विशेष ध्यान पुर्‍याउन आफू सम्वेदनशील रहेको उहाँको भनाइ थियो।

प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: