प्रहरी कुट्नेविरुद्ध मुद्दा


प्रकाशित मिति :2016-01-22 15:43:54

रुपा गहतराज 

नेपालगन्ज। प्रहरी महिलालाई कुटपिट गर्नेमाथि बाँके प्रहरीले जिल्ला अदालतमा सार्वजनिक मुद्दा दर्ता गरेको छ। ड्युटीमा रहेका प्रहरी हवलदार बावरी चन्द र जवान भगवती शाहीमाथि गत सोमबार साँझ विपी चोकमा स्थानीय एकै परिवारका तीन दिदीवहिनीले कुटपिट गरी घाइते बनाएका थिए।

बर्दिधारी महिला प्रहरीमाथि कुटपिट गर्ने दिदीवहिनीलाई सार्वजनिक अपराध ऐन अर्न्तैगत प्रहरीले मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो
प्रिया पोरवाल, सीमा पोरवाल र ललिला पोरवालले मोटरसाइकल पार्किङस्थल नजिकै आगो बालेपछि प्रहरी महिलाले आगो निभाउन अनुरोध गरेका थिए। पटक–पटक आग्रह गर्दा पनि आगो ननिभाएपछि महिला प्रहरीले आफंै आगो निभाउन खोज्दा उनीहरूमाथि दिदीवहिनी मिलेर खनिएको प्रत्यक्षदर्शीले वताएका छन। .

प्रहरीले तीन दिदीवहिनीसहित उनीहरूको बुवालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको जनाएको छ। अदालतले उनीहरूमाथि थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ । डयुटीमै रहेका सुरक्षाकर्मी महिला कुटिँदा पनि बाँकेका महिला अधिकारकर्मीले भने कुनै चासो नदिएको पाइएको छ ।

घटना भएको २४ घण्टा वित्दा पनि महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंगठनले आवाज त परै जावस् विज्ञप्ती समेत निकालेका छैनन्। महिला मानव अधिकार रक्षक सञ्जाल बाँकेका अध्यक्ष अक्षरी पोख्रेलले कुटिएको खवर प्राप्त भएपनि व्यस्तताका कारण घटनाबारे विस्तृतमा बुझ्न नपाएको वताउनुभयो। अन्तर पार्टी महिला सञ्जाल बाँकेले पनि अहिलेसम्म घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। सुरक्षाकर्मी महिलामाथि कुटपिट हुनु खेदपुर्ण भएको वताउने गरेका महिला अधिकारकर्मीहरूले औपचारिक रुपमा भने त्यसको विरोध गर्न भने सकेका छैनन्।

प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: