लक्षित वर्गको रकम दुरुपयाेग नहाेस – राज्यमन्त्री शाही


प्रकाशित मिति :2016-01-22 16:04:33

महिला खबर

पर्वत। संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले लक्षित वगका लागि छुट्टयाइएको रकम सदुपयोग निर्देशन दिनु भएको छ।

पर्वत सदरमुकाम कुश्मा बजारमा सरकारी कर्मचारीलाई निर्देशन दिने क्रममा राज्यमन्त्री शाहीले कतिपय जिल्लामा लक्षित वर्गको रकमलाई बाटो घाटो , पानी बिजुली वत्ति र भवन निर्माणमा प्रयोग गरिएको पाइएकाले त्यसो नगरी लक्षित वर्गको सशक्तिकरणका लागि नै रकम खर्च गर्नुपर्ने बताउनु भएको हो।

राज्यले पिछडिएको क्षेत्रलाई समानस्तरमा उकास्नको निम्ति लक्षित वर्गलाई छुट्टै बजेटको व्यवस्था गरेको हो। उहाँले भन्नु भयो …बजेट विनियोजनका क्रममा छलफल गर्दा लक्षित वर्गको रकमलाई रकमान्तरण नगर्नुस।’ कतिपय योजनाहरू कागजमा सम्पन्न भएपनि स्थलगत रुपमा सम्पन्न नभएको तितो यथार्थ औल्याउँदै उहाँले विकास निर्माणका काममा लापरवाही नगरी पारदर्शी तरिकाले काम गर्न कर्मचारीलाइ निर्देशन दिनुभयो।

उहाँले भ्रष्टाचार न्यूनिकरणका लागि कर्मचारीहरू आफैँ कर्तव्यनिष्ठ भएर लाग्नु पर्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारीले कर्मचारी क्षेत्रमा सृदृढिकरणका लागि सशक्त भूमिका खेल्ने हो भने भ्रष्टाचार न्यूनिकरण हुने उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले समग्र पर्वत जिल्लाको बस्तुस्थितिका बारेमा अवगत गराउनु भएको थियो।

प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: