महिला खबर
ओखलढुंगा । महिलामा हुने आङ खस्ने समस्या न्यूनिकरण गर्न ओखलढुङ्गाका सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । राजनीतिकदल र सरकारी तथा गैरसरकारी निकायहरूले साझा प्रतिबद्धता जनाएका हुन् । जिल्लास्तरीय आमा समूह सञ्जाल, जिल्ला स्वास्थ्य र गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा शनिवार सदरमुकाममा भएको ‘पाठेघर खस्ने समस्या र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले साझा प्रतिबद्धता जनाएका हुन् । सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट समस्यान्यूनिकरण गर्न व्यक्तिगत तथा संस्थागत रुपमै सहयोग गर्ने बताएका छन् । राजनीतिक दलका तर्फबाट काङग्रेस, एमाले, एमाओवादी, संघीय समाजवादी, नेकपा माओवादी र राप्रपा नेपालले प्रतिबद्धता जनाएका थिए ।
वातावरणिय कृषि तथा विकास केन्द्र काठमाडौको र महिला प्रजनन अधिकार केन्द्रको सहयोगमा अन्तरक्रिया गरिएको थियो ।
प्रकाशित मितिः २०७२ माघ १० गते आईतवार
Comment Here!