महिला खबरका सम्पादक कार्कीलाई पितृ शोक


प्रकाशित मिति :2016-01-24 18:49:56

surya karki (1) (0)ललितपुर  । महिला खबर डटकमका सम्पादक दुर्गा कार्कीलाई पितृ शोक परेको छ । उहाँका  ८६ वर्षीय  पिता सिंह वहादुर कार्कीकाे अाज बिहान ११ वजे  पोखराको फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे । स्याङ्जा पौवैैगौडा रतनपुर–९ निवासी कार्की लामो समयदेखि मुटुरोग, उच्च रक्तचाप मधुमेह र नासा रोगबाट पीडित हुनुहुुनथ्यो ।

 नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहनु भएका कार्कीे २०४९ सालमा वडा अध्यक्ष हुनुभएको थियो ।
समाज सेवामा उत्तिकै सक्रिय  कार्कीले २०४३ सालमा भारत सरकारको सहयोगमा पौवैगौडे गाविसका जनताका लागि खानेपानीको व्यवस्था गर्न ठूलो योगदान पु-याउनु   भएको थियो  । कार्कीको आजै पोखराको तुल्सी घाटमा दाहसंस्कार गरिएको छ ।

स्व.कार्कीका श्रीमती, तीन छोरी र  तीन जना छोरा हुनुहुन्छ । सम्पादक दुर्गा कार्की स्व. सिंहकी माइली छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०७२ माघ १० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: