निजामती सेवा ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारवाही : मन्त्री शर्मा
महिला खबर
भक्तपुर । सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामती सेवा ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनु भएको छ । भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै उहाँले काजसम्बन्धि ऐन कर्मचारीकै लागि बनाइएको तर, पालना नगर्ने कर्मचारीलाई कारवाही गर्नु पर्ने बतााउनुभयो ।
निजामती ऐनमा नै कर्मचारी तन्त्रभित्र टे्ड युनियमा लाग्ने पाँचजना पदाधिकारीहरूले, काम गर्न नपर्ने व्यवस्था भएकाले सो व्यवस्था परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।
कर्मचारी तन्त्रभित्र टे्ड युनियमा लागेकाहरूले आफ्नो शक्तिको दुरुपयोग गर्दै अन्य कर्मचारी त्यसको पिल्साईमा परेको उहाँको भनाइ छ ।
घोषित मितिमा नै आधिकारीक टे्ड युनियनको निर्वाचन पश्चात कमी कमजोरी आफैं साम्य हुँदै जाने र पेशागत युनियनमा लाग्ने कर्मचारीले राजनीति मात्र गर्नु गलत भएको मन्त्री शर्माको दाबी छ । आफ्नो मन्त्रालयले थोरै काम गरे पनि नकारात्मक काम भने नभएको उहाँको भनाइ छ ।
मन्त्रालयमा सरूवा, बढुवा र काजमा जानका लागि व्यापक दवाव परेको स्वीकार गर्दै तर आफूले त्यस्ता दबाबलाई सामान्य रुपमा लिएको उहाँले बताउनुभयो । यस अगाडिको मन्त्रीले गरेका सकारात्मक काम आफूले कार्यान्वयन गर्दै कमी कमजोरी भएका विषयलाई समिक्षा गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
कर्मचारीतन्त्रमा जनचाहना अनुसार काम हुन नसकेको स्वीकार गर्दै अन्य क्षेत्रमा जस्तै कर्मचारी तन्त्रमा पनि विकृति र विसंगति मौलाइरहेकाले नियन्त्रणतर्फ मन्त्रालय अग्रसर रहेको मन्त्री शर्माले बताउनुभयो । पार्टीले जनचाहना अनुसार काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने निर्णयले आफ्नो पार्टीका सबै मन्त्रीहरू सजक भएको काम गर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति २०७२ माघ १० आइतवार
Comment Here!