महोत्सवमा प्रेमपत्र लेख्ने प्रतियोगिता


प्रकाशित मिति :2016-01-26 13:48:27

सृजना अर्याल

चितवन । चितवन सौराहामा १० औं फुड फेस्टिवल यहि माघ २८ गतेबाट सुरु हुने भएको छ । यो महोत्सव पाँच दिनसम्म चल्ने छ । फुड फेवलका बारेमा जनकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक नरेश गिरीले महोत्सवबाट आएको आम्दानी मध्ये केही रकम उज्यालो सौराहामा खर्च गरिने र सडक बालबालिका तथा बालश्रम न्युनिकरणका लागि आम्दानिको १० प्रतिशत रकम छुट्याउने बताउनुभयो ।

उहाँले महोत्सवमा गृहिणी महिलाबीच नृत्य प्रतियोगिता, हात्ती सफारी, डुंगा सयर,सांस्कृतिक कार्यक्रम, वेटर दौड , प्रेमपत्र लेखन, पर्यटक दौड र पत्रकार विच चिचर खाने लगायतका प्रतियोगिता हुने जानकारी दिनुभयो ।  महोत्सवमा  पानी पिउने र  भजन चुड्का प्रतियोगिता पनि हुनेछ ।

12583752_10206240658837941_2069709158_n

पत्रकार सम्मेलनमा बोल्दै गायक प्रजापति पुराजुलीले महोत्सवमा गृहिणी महिलालाई लक्षित गरेर गरिने कार्यक्रमले उनीहरूको  क्षमतालाई प्रस्फुटित गर्न ठूलो सहयोग हुने बताउनुभयो ।

आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएस (रेवान) सौराहाका अध्यक्ष लाल बहादुर भट्ट, राजनले महोत्सवको अवसरमा सौराहामा आएका पर्यटकलाई होटल तथा खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत भरत थापाले पर्यटक प्रवद्र्धनका लागि महोत्सवको भूमिका उल्लेखनिय रहेको विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति २०७२ माघ १२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: