बालविवाह रोक्न लिखित प्रतिवद्धता


प्रकाशित मिति :2016-01-26 14:33:53

निर्मला भट्ट

बैतडी । बैतडी सिद्धेश्वरका अभिभावकले गाविसमा बालविवाह रोक्ने लिखित प्रतिवद्धता जनाएका छन् । बालविवाहका कारण महिलाको मानसिक र शाररिक स्वाथ्यमा ठूलो असर परेकाे भन्दै अभिभावकहरु जुटेर  गाविसलाई  बालविवाह मुक्त बनाउने अभियानमा लागेका हुन ।

बालिका दुलही होइनन राष्ट्रिय सञ्जालले बैतडीका ५ वटा गाविसमा गरेको एक सर्वेक्षणले ५९ प्रतिशत बालविवाह हुने गरेको देखाएको छ । अहिले गाविसलाई बालविवाह मुक्त गाविस घोषणा गर्नका लागि गाविस स्तरिय र वडा स्तरिय कार्यदल गठन गरी जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यदलले गाविसका विभिन्न वडाहरूमा पुगेर कलिलो उमेर गरिने विवाहले पार्ने असरका बारेमा जानकारी गराउँदै आएको कार्यदलका सदस्य मदन महराले बताउनुभयो  ।

कार्यदलसंगै गाविसमा क्रियाशील किशोरी वृत समूहले पनि अभियान सञ्चालन गरेको छ । सिद्धेश्वरलाई चालु आर्थिक वर्षभित्रै बालविवाह मुक्त गाविस घोषणा गर्ने जिल्ला परिषदले  निर्णय गरेको छ ।

बालविवाहले महिला शारीरिक र मानसिक स्वास्थ्य नाजुक भएको पाईएकाले बालविवाह विरुद्धको अभियान सुरू गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो ।

सरकारी तथ्याङक अनुसार सुदूरपश्चिममा ४८ प्रतिशत बालविवाह हुन्छ । कलिलो उमेरमा गरिने विवाहकाकारण सुदूरपश्चिमका महिलामा पाठेघर खस्ने र कुपोषणको समस्या विकराल बन्दै गएकोे स्वास्थ्यकर्मीहरू बताउँछन् ।

बालविवाह अन्त्य गर्नका लागि अहिले जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गाविस कार्यालय, सिद्धेश्वर स्वास्थ्यचौकी, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका सरकारी र गैैरसरकारी निकायहरूले यसक्षेत्रमा काम गरिरहेका छन् ।

प्रकाशित मिति २०७२ माघ १२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: