लक्ष्मीकाे कोरियामा बदलिएकाे परिचय


प्रकाशित मिति :2016-01-27 12:23:17

जमुना वर्षा शर्मा

51झण्डै २० वर्षअघि कोरिया पुग्नु भएकी चामे मनाङ जिल्लाकी लक्ष्मी गुरुङ अहिले कोरियामा सहयोगी दिदीका नामले परिचित हुनुहुन्छ । सन् १९९५ मा ट्रेनिङ भिषामा ६५ जना नेपाली महिला सहित सरकारी कोटाबाट कोरिया पुग्नु भएको थियो । कोरियाको गार्मेन्ट कम्पनिमा कार्यरत लक्ष्मी तालिम सकेर १९९७ नेपाल फर्कदा नेपालमा लगानीको वातावरण नदेखेपछि पुनः १९९९ मा कोरियामै फर्कनु भयो ।  अवसरको खोजीमा जापान समेत पुग्नु भएकी लक्ष्मीले सुरक्षित भविष्य नदेखेपछि कोरियालाई नै कर्म थलो बनाउनुभयो ।

कोरियाको रहन सहन संस्कृति र भाषिक ज्ञानले कोरियालाई  सुरक्षित ठान्नु भयो । हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको चामे गाविस ६ मा जन्मनु भएकी लक्ष्मीले आइ एल अध्ययनका लागि भर्ना हुनुभएको थियो । तर, पूरा गर्न पाउनु भएन । कोरियाले तानेको मन पढाइतिर  फर्किएन ।

जीवनलाई संघर्षबाट सिर्गान रुचाउने लक्ष्मी मेहेनतबाट मात्रै सपना देख्नु पर्ने बताउँनुहुन्छ । कास्की धम्पुस पोखरीका भक्त बहादुर गुरुङसँग वैवाहिक सम्बन्ध जोड्नु भएकी गुरुङका तीन सन्तान छन् । उहाँ अहिले कोरियामा रेष्टुरेण्ट र पसल चलाएर स्वरोजगार बन्नु भएको छ ।

आफ्नो व्यवसाय सँगसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय लक्ष्मीका पछिल्ला दिनचर्या भने समाजसेवामा वित्न थालेका छन । देशप्रतिको अगाधमायाले उहाँलाई निकै सताउँछ । मातृभुमि प्रति जे सकिन्छ त्यो गर्नुपर्छ भन्ने मान्यता राख्ने गुरुङ नेपालको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउनु भएको छ । बुद्धको देश नेपाल भन्दै धेरै कोरियन साथिहरूलाई नेपाल भ्रमणमा पठाउन उहाँ सफल हुनुभएको छ ।

देशका विभिन्न ग्रामीण बस्तीका विद्यालयलाई आर्थिक सहयोग गर्दै आउनु भएकी लक्ष्मीले मानव भएपछि मानवीय कर्तव्य पूरा गर्नुपर्ने बताउनुहुन्छ । बेसाहाराको साहारा बन्दा उनीहरूको मुहारमादेखिने खुसीनै आफ्नो जीवनको अमूल्य उपहार ठान्नुहुन्छ ।

33

देश विपत्तिमा परेको उहाँले  गोर्खा लाप्राक मणिकाम देवी माध्यमिक विद्यालयमा  अनाथ बालबालिकाको प्लस टु सम्मको अध्ययनका लागि मनाङ परिवार दक्षिण कोरियामार्फत पाँच लाखको अक्षयकोष समेत खडा गर्न मुख्य भूमिका खेल्नुभयो । व्यक्तिगत रुपमा ७ वर्षीयअनाथ बालिका प्रज्ञा गुरुङलाई प्लस टु सम्म पढाउने जिम्मा लिनु भएको छ ।

कोरियामा रहेर आफ्नो समाजसेवा प्रतिको कर्मलाई निरन्तरता दिइरहनु भएकी लक्ष्मीमा मातृभुमि प्रतिको माया र जिम्मेवारी बोध उत्तिकै छ ।  कोही नेपालीलाई अप्ठ्यारो पर्यो कि उहाँको मन सहयोग गर्न हतारिन्छ । कोरियामा पनि आपत विपतमा परेका नेपालीले लिने नाम हो लक्ष्मी गुरुङ ।

सहयोगी दिदीको नामले परिचित लक्ष्मी कोरियाको सिओल शहरमा बस्दै आउनु भएको छ । तीन वर्ष कोरीयाको अध्यागमन विभागमा दोभाषेको रुपमा काम गर्दा धेरै कुरालाई नजिकबाट नियाल्ने अवसर मिलेको थियो ।  विभिन्न समस्यामा परेका नेपाली भेटेपछि उद्धारका लागि लक्ष्मी र मञ्जु थापाको सक्रियतामा २०१० मा महिलाका लागि महिला नामक संस्थाको स्थापना गर्नुभयो । उहाँ त्यसको संरक्षक हुनुहुन्छ भने त्यसको अध्यक्ष मल्लिका थकाली हुनुहुन्छ । महिलाका लागि महिलाले कोरियामा विभिन्न कठिनाई भोगिरहेका नेपाली महिलाको उद्धारका लागि काम गर्दै आइरहेको छ । यहि समाजसेवी भावनाले हुनुपर्छ एनअारएन काेरियाकाे उपाध्यक्षमा उहाँ अत्यधिक मत लिएर विजय हुनु भएकाे थियाे ।

123-lu

नेपालबाट दलाल तथा कोरियन केटासँग विवाह गरेर आउने नेपाली महिलामाथि कोरियन संस्कार र भाषिक ज्ञानको अभावमा धेरै नेपाली किशोरीमाथि शारीरिक र मानसिक हिंसा हुने गरेको बताउनुहुन्छ  । हालसालै पनि नेपाली किशोरीलाई कोरियन श्रीमानले चरम शारीरिक यातना दिँदा पीडित महिलालाई प्यारालाइसिस भएको अबस्थामा उद्धार गरिएको थियो  । पीडितलाई औषधि उपचार र कानुनी प्रक्रियाबाट क्षतिपूर्ति उपलब्ध गराइ नेपाल फर्काउन लक्ष्मीले महत्वपूर्ण भूमिका खेल्नुभयो ।

त्यस्तै नेपाली १५ लाख तिरेर कोरिया आएकी एक महिला सोचे जस्तो काम र कमाइ नभएपछि मानसिक रोगको शिकार भइन् । अस्पतालले उनलाई भर्ना गर्न मानेन घरमै राखेर परामर्श गर्नुपर्ने भएकाले ८ महिनासम्म लक्ष्मीले आफैसँग घरमा राख्नु भयो । नेपाल फर्कायो भने आर्थिक बोझले झन मानसिक समस्या होला भनेर कोरियामै रोजगारी खोजिदिनु भयो । १० वर्षसम्म निरन्तर मानसिक रोगको औषधि खाइराख्नु पर्ने र महिना महिनामा अस्पताल गइरहनु पर्ने भएकाले आफ्नै निगरानीमा राख्दै आउनु भएको छ ।

यस्तै समस्या दिनहुँ आइरहने उँहा बताउनुहुन्छ ।  विविध समस्यालाई ध्यान दिएर कोरियन सरकारले एमरजेन्सी कल सेन्टरको सेवा पनि सुरु गरेको छ । समस्यामा परेका विदेशी महिला कामदारका लागि विभिन्न ठाउँमा आरक्षण केन्द्र समेत खोलेको छ । तर, पनि यस सेवा बारे ज्ञान नहुँदा हिंसा सहन बाध्य भएको बताउनु हुन्छ  । हिंसामा परेपछि उजुरी गर्नुपर्छ भन्ने ज्ञान नहुँदा नेपाली महिला अझ बढी पीडित हुने गरेको उहाँको बुझाइ छ ।

कोरियन सरकारको केही  नियमप्रति भने उहाँ असन्तुष्ट हुनुहुन्छ । विदेशी केटी विवाह गर्दा कोरियन संस्कारको बारेमा लिइएको परिक्षामा  उत्तिर्णलाई मात्र भिषा दिने नियमलाई विभेदपूर्ण मान्नु हुन्छ । महिलाले मात्रै परीक्षा दिनु पर्ने पुरुषले किन नपर्ने ? जीवन जीउने दुवैले भएपछि दुबैका लागि समान नियम हुनुपर्ने तर्क उहाँको छ ।

गुरुङ भन्नुहुन्छ ‘कोरिया ठूलो सपना देखेर आउनेहरूको शहर होइन । पछिल्लो समय इपिएसबाट धेरै युुवाहरू कोरिया आएका छन् तर कतिपयमा  परिपक्कता छैन, संघर्ष गर्ने क्षमता कम छ । बाबुआमासँग पैसा मागेर स्कुल क्याम्पसको जीवन बिताएकाहरू यहाँ आएर निरन्तर काममा खटिँदा  डिप्रेशन हुने आत्तिने र आत्महत्या गर्न प्रवृत्ति बढ्दै गएको छ ।’

परिवारले पनि कोरिया जान वित्तिकै टन्न पैसा हुन्छ भनेर कमाइ भन्दा बढी पैसाको अपेक्षा गरिदिँदा पनि कोरिया आएका धेरैलाई मानसिक समस्याले सताउने गरेको उहाँको भनाइ छ । कोरियामा पनि विभिन्न शारीरिक र मानसिक हिंसामा महिला पर्ने गरेका छन् । तर पीडा लुकाएर इज्जतको डरले धेरै महिला उजुरी गर्दैनन् । यो महिलाको सबैभन्दा ठूलो कमजोरी ठान्नुहुन्छ । विश्वव्यापीकरणकोे युगमा वैदेशिक रोजगारमा जानेहरूलाई रोकेर रोक्न नसकिने भन्दै यसलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति २०७२ माघ १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: