नन्दा थापा
काठमाडौं । बहिरा बालबालिकाको शैक्षिक विकासका लागि शिक्षा विभागले उनीहरुका अभिभावकलाई सांकेतिक भाषा सिकाउने भएको छ ।
राष्ट्रिय बहिरा महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको नेपाल र हङ्कङ्गमा बहिरा शिक्षा सम्वन्धि आदानप्रदान कार्यक्रममा बोल्दै
शिक्षा विभागका उपनिर्देशक गणेशप्रसाद पौडेलले बालबालिकाको पहिलो पाठशाला घर भएकाले अभिभावकलाई सांकेतिक भाषा सिकाउनको लागि कक्षा सञ्चनलन गर्ने लागेको बताउनुभयो ।
जारी नयाँ संविधानले आर्थिक रुपमा कमजोर र अपाङ्गता भएका बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क पढ्न पाउने व्यवस्था गरेको उहाँको भनाइ छ । उपनिर्देशक पौडेलले भन्नुभयो ‘संविधानमै बहिरा बालबालिकाले सांकेतिक भाषाबाट शिक्षा पाउने हकको व्यवस्था हुनु ठूलो उपलव्धि मान्नुपर्छ ।’
नेपालमा अहिले पनि पाँच लाख १३ हजार ३ सय २१ जना मध्ये २ लाख ३३ हजार २ सय ३५ जना महिला अपाङ्ग रहेको तथ्याङ्क प्रस्तुतले गर्दै पौडेलले शिक्षा मन्त्रालयले एउटा समतामुलक रणनीति जारी गरेको बताएका छन् ।
१९ सय ९४ देखि शिक्षा विभागले विभिन्न विद्यालयहरूमा श्रोत कक्षा भनेर उनीहरूका लागि कक्षा सञ्चालन गरेको पौडेलले जानकारी दिनुभयो ।
अहिले नेपालमा एउटा क्याम्पस, ३ उच्च माबि, ३ माबि र ४१ वटा स्कुलमा गरी ११ हजार पाँच सय बहिरा बालबालिका अध्ययरत रहका छन् । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष रामकुशल पन्तले सांकेतिक भाषा विकासमा गुणस्तर ल्याउनेका लागि अनौपचारिक शिक्षा केन्द्रले भाषा सिकाईरहेको बताउनु भयो ।
हङकङ्गका तर्फबाट बहिरा महासंघ हङकङ्का अध्यक्ष यमी लिवले नेपालमा बहिराहरूलाई यातायात परिचय पत्र नदिएको भन्दै दुःख व्यक्त गरिन । नेपालमा बहिराहरूका लागि हङकङ्ग भन्दा बढी सिप सिकाउनको प्रयास भएकोमा बधाई ज्ञापन गरेकी थिईन । नेपालमा बहिराहरूका लागि भएको उपलव्धि हङकङ्गलाई पनि सिकाई भएको उनले बताइन ।
प्रकाशित मिति २०७२ माघ १३ गते बुधवार
Comment Here!