स्वतन्त्रता लुटेको मास्टर डिग्री


प्रकाशित मिति :2016-01-28 13:48:15

जवर्जस्ती गरिदिएको विवाहले निम्त्याउने हिंसा र परिवारको यातनाबाट जीवन गुमाएका छोरीहरूका आमा बुबालाई भन्न मन लाग्यो, छोरीको लास अगाडि राखेर आँसु झार्ने किन ?

रमला सिंगक

ramala ggggकाठमाडौं मै जन्मे हुर्किएकी मायाले आर्थिक अभाव कहिले बेर्होनु परेको थिएन । परिवारमा उनी एक्लो छोरी हुन । सबैको माया ममताभित्र जीवनका २७ वर्ष बिताइन । उनीसँगै पढेका सहपाठीहरूको विवाह भयो, बालबच्चा पनि भए । उनले भने २७ वर्षसम्म विवाह गरिनन् । त्यसपछि समाज र परिवारले अनेकन बचन लगाउन थाले । उनलाई परिवारले लगाउने पहिलो बचन,उमेर छिप्पिसक्यो यसलाई कस्ले विहे गर्छ ? तर, परिवारको गलत सोँचको उनले प्रतिकार गर्न पटकै सकिनन् ।

समाजशास्त्रमा मास्टर डिग्री गरेकी मायालाई काठमाडौंमै व्यापार गर्ने सम्पन्न परिवारको केटा माग्न आउँदा उनको मन्जुरी विना परिवारले विहे पक्का गरिदिए ।  पैसा पछाडि दौड्ने मायाको परिवारले विवाह एसएलसी फेल भएको केटासँग गरिदिने निधो गरेपछि उनले केटालाई भेटिन् ।

केटाले सुरूमै सर्त राख्यो विवाहपछि बुहारी र श्रीमतीको भूमिका मै सिमित हुनुपर्छ  । केटाको विचारसँग उनी पटक्कै सहमत भईनन् । घरको चार दिवारभित्र सिमित हुनको लागि उनले मास्टर डिग्री गरेकी होईनन् । मास्टर सकेर व्यवसाय र समाजसेवा गर्ने उनको सपना थियो । उनको सपनासँग केटाको विचार नमिलेपछि  विवाह गर्न अस्वीकार गरिन् । सबैको माया ममता पाएर २७ वर्ष बिताएकी उनले विवाह तोडेको दिनदेखि नारकीय जीवन बिताउनु पर्यो ।

बुबाआमा, दाजुभाई र आफन्तबाट दिनहुँ गाली गलौज र तिरस्कार सहनुपर्यो । घरका बोल्नै छोडे । माया गर्ने दाजुले लछार पछार पार्दै कुटपीट गरे । मानौं, उनी ठूलै अपराधी हुन् ।

दाजुले यसरी कुटिरहँदा जन्म दिएकी आमा पनि दर्शक बनिन् । उनलाई त्यो बेलामात्र थाहा भयो, अहिलेसम्म पाएको माया झुटो थियो । परिवारको तिरस्कार सहन नसकेर उनले पटक–पटक आत्महत्या गर्ने प्रयास गरिन् । रातदिन आफूमाथि हिंसा हुँदा नत प्रतिकार गर्न सकिन्, नत घर छोडेर हिड्न नै ।  ५ वर्षसम्म परिवारको यस्तै तिरस्कार  र यातना चुपचाप सहिन् ।

समाजशास्त्रमा मास्टर डिग्री हासिल गरिसकेकी एउटी युवतीले यस्तो अन्याय सहन किन बाध्य भईन् होला ? भन्ने कुराले मलाई भित्रभित्रै पोलिरह्यो । मास्टर गर्नु भनेको कुनै पनि विषयमा विद्धता हासिल गर्नु हो । कुनै बेला हामी एउटै गैरसरकारी संस्थामा सँगै काम गरेका सहयात्री पनि थियौँ ।

त्यसबेला ख्याल ठट्टामा हाँस्दा उनको अनुहारमा हाँसो कहिल्यै देखिएन । त्यसक्रममा उनले भोगेका कतिपय कुरा सुन्दा मेरो शरीर आफैँ काँप्यो । परिवारले यस्तो पनि गर्छन् र ?? उनले परिवारबाट भोगेका यातनाका कुरा मैले त कल्पना समेत गर्न सक्दिनँ । तर, मायाले त भोगेर आएकी हुन् ।

छोराले मास्टर डिग्री गर्दा देश र समाजको सेवा गर्ने भो भनेर छाती फुलाउने आमाबाबुले किन छोरी देश र समाजको सेवा गर्ने भई भनेर भन्न नसकेको होला ?  डिग्री  गरिसकेकी छोरी के चाहान्छिन् भन्ने फैसला गर्ने स्वतन्त्रता छैन । उनको जीवनको हरेक फैसला समाज र परिवारले गर्नुपर्ने ? यस्तो ढोँगी समाजलाई मत मनैदेखि थुक्छु ,जहाँ मान्छे भएर बाँच्ने अधिकार छैन । मैले यस्ता धेरै परिवार भेटेको छु , जसले धन सम्पति भएको भरमा छोरीको भन्दा कम शैक्षिक योग्यता भएको केटा माग्न आउँदा केटीको मन्जुरी विना विहे गरिदिएका छन् ।

जवर्जस्ती गरिदिएको विवाहले निम्त्याउने हिंसा र परिवारको यातनाबाट जीवन गुमाएका छोरीहरूका आमाबुबालाई भन्न मन लाग्यो, छोरीको लास अगाडि राखेर आँसु झार्ने किन ? समाजलाई देखाउन ? यही देखावटी समाज र संस्कारका कारण कैयौँ दिदी बहिनीले अकालमा ज्यान गुमाएका छन् ।

जवसम्म समाज र परिवारले छोरा र छोरीको उद्देश्य समान राख्न सक्दैनन्, तबसम्म धेरै छोरीहरूले ज्यान गुमाउने छन् भने उनीहरूले गरेको मास्टर डिग्रीको अर्थ हुने छैन ।

प्रकाशित मिति २०७२ माघ १४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: