वडा नागरिक मञ्चमा महिला मात्रै


प्रकाशित मिति :2016-01-28 14:07:04

महिला खबर

नेपालगन्ज ।  बाँकेको हिरमिनियामा महिला मात्रै भएको वडा नागरिक मञ्च गठन गरिएको छ ।  वडा नम्बर १ मा बिजयालक्ष्मी पाण्डेको संयोजकत्वमा गठन गरिएको मञ्चमा २५ जना महिला मात्र रहेका छन् ।

गाविसको नौ वटै वडामा नगरिक मञ्च पुनर्गठन गर्ने क्रममा एक नम्बर वडामा पुरुष भन्दा महिला अगाडि आएपछि २५ जना महिला रहेको मञ्च पुनर्गठन गरिएको सामाजिक परिचालिका पुष्पा थापाले जानकारी दिनुभयो ।

महिला मात्रको सहभागितामा पुनर्गठन गरिएको नागरिक मञ्च बाँकेकै हिरमिनिया पहिलो भएको उहाँको दाबी छ ।  महिलाकै नेतृत्वमा सबै जना महिला रहने गरी मञ्च पुनर्गठन गर्नुपर्ने महिलाले अडान राखेपछि पुनर्गठन प्रक्रियामा सहभागी पुरुषले समर्थन जनाएको गाविस सचिव ऋषिराज गौतमले बताउनुभयो ।

हिरमिनियाको २ नम्वर बाहेक सबै वडामा महिला संयोजक रहेको मञ्च गठन भएको सचिव गौतमले जानकारी दिनुभयो ।  वडा नम्बर २ मा सुमित राना, ३ मा हास्मा प्रविण शाह, ४ मा मन्जु मौर्य, ५ मा फूलकुमारी कलवारको संयोजकत्वमा मञ्च गठन गरिएको छ भने वडा नम्बर ६ मा पुनमदेबी कोरी, ७ मा जुलेखा सल्मानी, ८ मा पुनम सिंह चौहान र ९ मा कर्मादेबी गोडिया संयोजक रहेको मञ्च पुनर्गठन गरिएको गाविस सचिव गौतमले बताउनुभएको छ ।

प्रकाशित मिति २०७२ माघ १४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: