महिला खबर
काठमाडौ । पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले विदेश पलायन भएका युवा शक्तिलाई देशमै काम गर्ने वातावरण बनाउन आफ्नो मन्त्रालयले कार्ययोजना बनाएको बताउनुभयोे ।
ब्राइट नेपालले भूकम्पपीडितलाई गरेको सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै मन्त्री मानवीले देशको युवा शक्ति विदेश पलायन हुँनबाट रोक्ने नयाँ योजना बनाएको बताउनु भयो ।
‘नेपाल हरेक कुराहरूमा आत्मनिर्भर हुनसक्ने देश हो, एक वर्षभित्रमा अण्डा, दुई वर्षभित्र मासु र तिन वर्षभित्रमा दुधमा पनि हामी अत्मनिर्भर बन्न सक्छौं’ मन्त्री मानवीले भन्नुभयो । मन्त्रालयले तयार गरेको ४० बुँदे प्रतिबद्धता कार्यन्वयनमा आए युवा शक्ति विदेश जानबाट रोकिने दाबी मन्त्री मानवी गर्नुभयो ।
आफ्नो पशुपंक्षी मन्त्रालय समालेको एक महिनाको समिक्षा गर्दै उहाँले राम्रो काम गर्ने हौसला बढेको बताउनुभयो । ब्राइट नेपालले नुवाकोटकी इश्वरी पौड्याललाई आज काठमाडौंमा राहत हस्तान्त्रण गरेको थियो । मन्त्री मानवी र ब्राइट नेपालकी अध्यक्ष पुनम देवले संयुक्त रुपमा राहत हस्तान्त्रण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै ब्राइट नेपालकी अध्यक्ष देवले भूकम्प प्रभावित क्षेत्रमै गएर सहयोग गर्दै आएको बताउँदै अगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रकाशित मिति २०७२ माघ १४ गते बिहीवार
Comment Here!