निर्देशिका कार्यन्वयनमा दुबिधा : उपप्रधानमन्त्री


प्रकाशित मिति :2016-01-29 10:28:25

नन्दा थापा

काठमाडौं । पत्रकार र सञ्चार माध्यामलाई बाल संवेदनशिल बनाउने उदेश्यले बाल संवेदनशिल पत्रकार निर्देशिका जारी गरिएको छ ।  बाल संवेदनशिल पत्रकार  निर्देशिका जारी गर्दै उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले निर्देशिका कार्यन्वय हुन्छ कि हुँदैन भन्नेमा आफू दुबिधामा परेको विचार व्यक्त गर्नुभयो ।

छापा, रेडियो, टेलिभिजन र अनलाइनल मिडियामा कार्यरत पत्रकारहरूले बालबालिका सम्बन्धि सूचनामुलक र सन्देशमुलक सामग्री तयारी गर्दा बाल संवेदनशिलतालाई ध्यानमा राखेर काम गर्दा  सुनमा सुगन्ध थपिने सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमसञ्चार माध्यमले सामाजिक उत्तरदायित्व बहन गर्दै बालबालिकासंग सम्वन्धित सामग्रीलाई सकरात्मक र प्रभावकारी पार्ने गरी प्रसारण तथा प्रकाशनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सञ्चार सबैभन्दा संवेदनशिल क्षेत्र भएकाले आफ्नो आचारसंहितामा टकेर समाचार, सन्देश सम्प्रेसण गर्न आग्रह गर्नुभयो ।

3

प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले आमसञ्चार माध्यमले कुनै पनि सामग्रीबाट बालबालिकाको आत्मसम्मानमा चोट पु¥याउने कार्य गरेमा सञ्चार माध्यमलाई कारवाही  गरिने चेतावनी दिनुभयो ।

उहाँले  हिंसा, हत्या, आगजनी, प्राकृतिक विपद लगायतका कुनै पनि घटना वा दुर्घटनाका तस्बिर वा दृष्य आमसञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्दा बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पर्ने हुँदा त्यसमा ध्यान पुर्याउन सबैमा आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले नेपालको पत्रकारीतालाई जिम्मेवारी र उत्तरदायी बनाउन आफूले जिम्मेवार भूमिका खेलेको विचार राख्नुभयो ।

प्रकाशित मिति २०७२ माघ १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: