कुखुरा उपहार


प्रकाशित मिति :2016-01-29 11:35:34

महिला खबर

imagesनेपालगन्ज । बाँकेको १२ वटा गाविसका गर्भवती र सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको छ ।  पोषणमा पहुँच बढाउने उदेश्यले सुआहारा कार्यक्रम अन्तरगत उनीहरूलाई एक हजार ३० वटा उन्नत जातका कुखुरा वितरण गरिएको थियो ।

जिल्लाको बागेश्वरी, रनियापूर, सोनपूर, उढरापूर, बेतहनी, होलिया, मटेहिया, नरैनापुर, गंगापुर, कालाफाँटा, कटकुईया र लक्ष्मणपुरका गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरिएको सुआहारा कार्यक्रम बाँकेका संयोजक विकास देउजाले जानकारी दिनुभयो  । घरमै अण्डा उत्पादन गराउनका लागि प्रत्येक महिलालाई १० वटाका दरले कुखुरा वितरण गरेको उहाँले जानकारी दिनुभयो । १२ वटा गाविसमा १ सय ३ जनालाई १ हजार ३० वटा कुखुरा वितरण गरिएको हो ।

सुआहारा कार्यक्रम अन्तरगत सुनौला हजार दिनका बालबालिकाहरूको छिटो विकास होस् भनेर कुखुरा वितरण गरीएको संयोजक देउजाले बताउनु भयो । दुई वर्ष मुनिका एक हजार दिनका बालबालिकाको ८० प्रतिशत मस्तिष्क विकास पनि यही समयमा हुने भएकाले पोषणका लागि उन्नत जातको कुखुरा वितरण गरेको उहाँको भनाइ छ ।

स्थानीय स्तरको व्यवहारमा परिवर्तन गर्न र पोषणका लागि घरमै उत्पादन गरि नियमित खानपानमा ध्यान दिनका लागि केही समय पहिले पाँच दिने तालिम दिएपछि उनीहरूलाई कुखुरा वितरण गरिएको नर्बदा दाहालले जानकारी दिनुभयो । घरमै उत्पादन गरेको पोषणयुक्त खाना नियमित खानका लागि अण्डा उत्पादन लगायतका कुरा तालिममा सिकाइएको उहाँले बताउनुभयो  ।

वितरण गरिएको उन्नत जातको एउटा कुखुराले वर्षमा ३ सय ४० वटासम्म अण्डा उत्पादन गर्ने भन्दै आमा र बच्चा दुबैको स्वास्थ्य अवस्थालाई ख्याल गरेर कुखुरा वितरण गर्ने योजना बनेको उहाँहरूको भनाइ छ ।

यसअघि मुलुकका २५ वटा जिल्लामा सुनौलो हजार दिन भित्रका महिलालाई कुखुरा बितरण गरिसकेको भन्दै पछि १६ वटा जिल्लामा कार्यक्रम थप भए अनुसार बाँकेमा पहिलो पटक कुखुरा वितरण गरिएको हो ।

प्रकाशित मिति २०७२ माघ १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: