महिला खबर
काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको श्री न्यू जयलक्ष्मी गहना गृहले कम तौल र गुणस्तरहीन गहना बिक्री गरी आफूहरूलाई ठगेको भन्दै तीन जना पीडित महिलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
उक्त गहना पसलबाट किनेको गहना अन्य पसलमा बिक्री र बन्धकीको लागि लैजाँदा कम गुणस्तर भएको थाहा पाएपछि गहृ सञ्चालक बिजयराज बराइली विरुद्ध पीडित सरिता लिम्बु , सबिना लिम्बु र कल्पना लिम्बुले अनुसन्धान गर्न अख्तियारमा उजुरी दिएका हुन ।
जयलक्ष्मी गहना पसलका मालिक बिजयराज बराइलीसंग यसबारेमा कुरा गर्दा अरू पसलको कुरा नसुन्न र यस्तो कुरा अन्त कसैलाई नभन्न धम्की समेत दिएको पीडित महिलाले बताएका छन् ।
१० वर्ष अगाडिसम्म बराह ज्वेलरीमा सामान्य कामदारको रुपमा काम गर्दै आएका बिजयराज बराइलीले राजश्व ठगी, सुन तस्करी र लुटको धन्दा चलाएर अरवौं कमाएको आरोप समेत पीडीत महिलाले लगाएका छन् ।
आफूहरूले विगत एक दशकदेखि विश्वाश गरेर सोही पसलमा मात्र सुनको कारोवार गर्दै आइरहेको भएपनि पछिल्लो समयमा यसरी आफू ठगीमा परेको थाहा पाएको अख्तियारमा दर्ता गरेको उजुरीमा पीडितले उल्लेख गरेका छन् ।
गहना बन्धकी राखेर लिएको ऋणमा समेत सय कडा चालिसको दरले चर्को व्याज असुली गर्ने गरेको आरोप बराइली माथि लाग्नेको छ ।
प्रकाशित मिति: २०७२ माघ १५ गते शुक्रवार
Comment Here!