अर्को जुनी संसार हेराैँला


प्रकाशित मिति :2016-01-30 11:00:05

सार्वजनिक ठाँउमा गीत गाएर आफ्नो दैनिकि चलाउँदै आएका दृष्टिबिहिन महिलालाई सरकारले बेवास्ता गर्दा लठ्ठि र दर्शकको साहारामा बाँच्नु परेको छ ।  

नन्दा थापा

मनको आँखा खोली हेराैँला ।।
दैवले नै अन्धकार बनायो अर्को जुनी संसार फेरौँला ।।

काठमाडाैँको पशुपतिनाथ मन्दिरको छेवैमा ३ जना दृष्टिबिहिन महिलाले सामुहिक रूपमा दर्शनलाई सुनाउँदै गरेको गितको एक हरफ हो यो । सुन्नमै काफी छ, आँखा नदेख्नेहरूले कसरी दिन काटिरहेका छन् भन्ने कुरा । मैले कुन जुनीमा पाप गरे हौँला, कुन जुनीको अहिले ऋण तिर्दै छु । दृष्टिबिहिन धेरै महिलाले आफूले भोगेका सबै समस्यालाई गितको माध्यमबाट बाहिर ल्याउने कोशिश गरेका छन् ।

आफ्नो दैनिक जीवन चलाउनको लागि विभिन्न काम गर्ने महिला शहरमा छन् । आफ्नो जीविकोपार्जनको लागि गित गाउँदै आएकी बुटवलकी खगीसरा पौडेल पशुपतिनाथ मन्दिरको गेटमा गीत गाएर आफ्नो दैनिक गुजारा चलाएकी छिन् । नौ वर्षको उमेरमा आँखाको ज्वोती गुमाएकी उनि अहिले आफ्नो लागि संसारनै अध्यारो भएको बताउँछिन् ।

IMG_20151222_054929खगीसरालाई काठमाडौं महानगरपालिका ७ कुमारी गणदेखि पशुपति मन्दिरमा दैनिक कसरी पुग्ने भन्ने चिन्ता हुन्छ  । ४५ मिनेट हिँडेपछि उनि पशुपतिनाथको गेटमा पुग्छिन् । गेट छेउँमा गीत गाउँदा बुटुवाले दिने ५/१० रुपैयाँबाट साँझ चुलो बल्न मुस्किल पर्ने गुनासो उनले गरिन ।

पशुपतिनाथको दर्शन गर्न आउने मनकारी मानिसले सहयोग दिन्छन् भने घृणा गर्नेहरू पनि उत्तिकै भेटेकी छन् । खानासंगै कोठा भाडाको जोहो कसरी गर्ने भन्ने समस्या भोग्दै आएकी पौडेल आफू जस्तै सरकार पनि आँखा नसक्ने भएकाले केही सहयोग नगरेको गुनासो गरिन ।
गीत सुनाए दिनमा एकसय देखि पाँचसयसम्म कमाउने खगीसराले बिहान साँझ छाक टार्न मुस्किल पर्ने बताउँछिन् ।

रामेछाप की केसरी लामा पनि यस्तै समस्याको सामना गरिरहेकी छिन् । दिनहुँ मागेरै गुजारा चलाउनु पर्ने भएपछि गीत गाउन थालेको उनले बताइन ।  मागेरै कति खानु भोक—भोकै बस्नु र मर्नु फरक छैन । बिहान बेलुका त भोक लागि हाल्छ जसोतसो गरेर भए पनि गुजारा गर्नु पर्ने अवस्था छ ।

लामा भन्छिन् ‘हामी जस्ता व्यक्ति घर परिवारका पनि बोझ हुँदारैछौँ ।’ विवाह गरेको १३ वर्ष भयो, एउटा छोरा छ, अहिले कक्षा ३ मा पढ्दै छ, । श्रीमान र छोरा त दुबै आँखा देख्छन् । श्रीमान विदेश गएका छन । बीस वर्षअघि टाउकाको अप्रेसन गर्दा आँखाको ज्योती गुमेको हो । उपचारका लागि तीन चार लाख खर्च भएपछि श्रीमान बिदेसिनु परेको उनले गुनासो गरिन् ।

अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाईएको बजेट सही सदुपयोग हुने हो भने आफूलाई सडकमा गीत सुनाएर बस्न नपर्ने लामाको भनाइ छ ।  सीप सिकेर टोपी, सुइटर र मोजा बुन्दा त्यसले बजार नपाएपछि गीत गाउँदै सडकमा हिड्न परेको बताउने लामा भन्छिन्, ‘सरकारले नहेरेपछि लठ्ठी र दर्शकको साहारामा म जस्ता धेरै दृष्टिबिहिन बाँचेका छौ ।’

दार्चुलाकी नन्दश्वरी ठकुरी पनि कहिले गाडीको साहारा त कहिले लठ्ठीको साहारामा ४५ मिनेटको समय लगाएर पशुपतिमा पुग्छिन् । उनको पनि जीवन मागेरै चलेको छ ।  उनले महिनाको ६ हजार कोठा भाडा तिर्नु पर्छ । खान र लगाउने लुगाको लागि एक महिनामा ५ हजार रुपैयाँ खर्च चाहिन्छ । बचत त परैको कुरा दिनचर्या बिताउनका लागि एक महिनामा १० देखि १५ हजारसम्मको व्यक्तिगत खर्च चाहिने उनको भनाइ छ । उनी अहिले ३० वर्षकी भइन, आँखा गुमाएको २१ वर्ष भयो, उनी खगीसरा पौडेल र केसरी लामा भन्दा केही देख्न सक्ने भएकाले उनिहरूको साहारा बनेकी छिन । तीन जनासंगै बस्न थालेको अहिले ८ वर्षपूरा भयो । उनले भनिन्, दर्शकले गरेको सहयोग मेरै निगरानीमा हुन्छ, कसैले केही गर्न पाउदैनन् । दिनमा हजारदेखी १५ सय जति आम्दानी हुन्छ । अलिअलि आँखा देख्ने भएकाले पैसाको हिसाव ठकुरीले राख्ने गरेकी छिन् ।

१२ वर्षको हुँदा खुट्टामा पोलीयो लाग्यो २ वर्षपछि दृष्टिबिहिन हुन पुगिन् । आँखा नदेख्दा हरेक दिन धेरै पीडा भोग्न परेको बताउने ठकुरी यस्तो पीडा कसैलाई नहोस् भन्ने चाहाँन्छिन । खगीसरा, केसरी र नन्देश्वरी काठमाडौंमा आएको आठ वर्ष पुग्यो । उनीहरूको सात वर्षसम्म ललितपुरको सातदोबाटोमा बसाइ भयो । अहिले काठमाडौं महानगरपालिका ७ कुमारीगण नजिकै छ । तीन जनासंगै बसेका छन् । उनीहरू एकैचोटी काठमाडौंमा आएका हुन । सरकारले अरू धेरै नगरे पनि देशैभरीका दृष्टिबिहिनहरूको तथ्याङ्क संकलनगरी उनीहरूलाई बाच्ने आधार खडागरी दिए हुन्छ भन्ने उनीहरूको भनाइ छ ।

राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टिका दाहाल अपाङ्गता भएका महिलाको समस्या समाधान गर्नको लागि आफूले विभिन्न योजना बनाएको बताउँछिन । बनेका ऐन, नियम र कानुनलाई संसोधन गराएर भएपनि अपाङ्ग भएका व्यक्तिको जीवनयापन व्यवस्थित गराउने उनले बताइन ।

प्रकाशित मिति : २०७२ माघ १६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: